मातृभाषीहरुद्वारा प्रदर्शन - Sainokhabar

मातृभाषीहरुद्वारा प्रदर्शन

साइनो समचारदाता

पान्थर । जिल्लाको फाल्गुनन्द गाँउपालिकामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयमा पठनपाठन हुदै आएको मातृभाषा शिक्षा बन्द भएपछि सरोकारवालाहरु चिढिएका छन् ।

शुक्रबार सामाजिक संस्थाका युवा, विद्याथीहरुले मातृभाषा शिक्षा पुनः सुचारु गर्न भन्दै घुर्बिसे पञ्चमी बजारमा प्रदर्शन गरेका छन् । मातृ भाषा शिक्षा सन्चालन गर्न लिम्बू विद्यार्थी मञ्च, किरात राई विद्यार्थी संघ, याक्थुङ युवा मञ्च र तामाङ घेदुङ संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘भाषा विरोधि होसियार’, ‘लिपि मास्न पाइन्दैन’, ‘भाषा हाम्रो प्राण हो’लगायतै नारा लगाएर बजार परिक्रमा गरेका थिए ।

बजार परिक्रमापछि जुलुश कोणसभामा परिणात भएको थियो । कोणा सभालाई सम्बोधन गर्दै बक्ताहरुले भाषा बिरोधि जो कसैलाई पनि नछाड्ने उद्घोेष गरेका छन् । सभालाई लिम्बू विद्यार्थी मञ्च पाँचथरका अध्यक्ष मोतिहाङ केरुङ, याक्थुङ युवा मञ्च पाँचथरका अध्यक्ष मनकुमार आङ्देम्बे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष राम लिङ्दम र किराँत राई विद्यार्थी संघका केन्द्रिय सचिव याम बाङ्देलले सम्बोधन गरेका थिए ।

कोण सभापछि आन्दोलनरत संस्थाका प्रतिनिधिहरुले पालिकाकी कार्यबाहक अध्यक्ष देवित्राकुमारी आङ्देम्बेलाई ज्ञापन पत्र बुझाएका छन् । ‘गाँउपालिकाले सुरु गरेको मातृभाषा शिक्षा स्वागत योग्य काम हो,’ ज्ञापनपत्रमा भनिएको छ ‘मातृभाषा शिक्ष पुनः सुचारु गराउन माग गर्दछौँ ।’ ज्ञापनपत्र बुझ्दै कार्यबाहक अध्यक्ष आङ्देम्बेले पालिकाले सुरु गरेको मातृभाषा शिक्षा बिरुद्ध मुद्धा पर्नु दुःखत् भएको बताइन । ‘यस्ता आन्दोलनले मातृभाषा शिक्षा पुनः सञ्चालन गराउन पालिकालाई हौसला मिल्नेछ,’ उनले भनिन् ‘माथिल्ला तहको सरकारलाई पनि तपाईहरुले दववा दिनुपर्छ ।’ प्रदर्शनका लागि लिम्बु विद्यार्थी मञ्चबाट केन्द्रिय महासचिव गुल्सन आङ्बुहाङ, उपमहासचिव प्रदिप नयोङ, याक्थुङ युवा मञ्चबाट पान्थर जिल्ला अध्यक्ष मान आङ्देम्बे पुगेका साथै किरात राई विद्यार्थी संघबाट सुसन राईलगायत पुगेका थिए ।

नेकपा फाल्गुनन्द गाँउपालिका सचिव इन्द्रकुमार नेम्बाङले भाषा शिक्षालाई लिएर उच्च अदालत इलाममा मुद्धा हालेपछि फाल्गुनन्दमा आन्दोलन चर्किएको हो । अदालतले तत्कालका लागि भाषा शिक्षा रोक्न भनेर स्टेअडर जारी गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: