साहित्यिक पत्रकार संघको प्रदेशिक भेला - Sainokhabar

साहित्यिक पत्रकार संघको प्रदेशिक भेला

साइनो समचारदाता

धरान । नेपाल साहित्यिक पत्रकार संघका उपमहासचिव तथा प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य चेननाथ धमलाले साहित्यिक पत्रपत्रिका टिकाउन दल्सीढुंगा चपाएर सातु बनाउनु जस्तै कठिन भएको बताएका छन् ।

धमलाले प्रदेश १ मा वर्तमान अवस्थामा साहित्यिक पत्रपत्रिका विषयक विमर्श कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताएका हुन् । धमलाले भारतको सिंगो नक्सामा हाम्रो भूमि राखेर हाम्रो राष्ट्रियतामाथि गम्भीर धावा बोलेको बताए । उनले प्रेस काउन्सिलले निर्धारण गरेका आचारसंहिता पालना गरेर पत्रकारिता गर्नु पर्ने अहिलेको आवश्कयता बताए । नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समितिको भेला समेत रहेको सो कार्यक्रममा प्रमुख अतिथि धमलाले राष्ट्रियताको सवालमा सबै साहित्यिक पत्रकारहरु एकजुट भएर उठ्नु पर्ने बेला आएको बताए । उनले प्रदेश नं. १ ले तराईका तीन जिल्लालाई मात्र जुरुक्क बोकेको बताउँदै हिमाल, पहाड, तराईको भावना समेट्न नसकेको बताए ।

धरानवाट २०७० सालदेखि प्रकाशित हुँदै आएको गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको आयोजनामा कार्तिक २२ गते भएको सो कार्यक्रममा विशेष अतिथि रहेकी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ उपाध्यक्ष स्मिता निरौलाले राज्यले पत्रकारितालाई चौथो अंग भने पनि अहिलेसम्म प्रतिपक्षकै भुमिकामा राखेको बताइन् । उनले पत्रकारितालाई अघि वढाउन अहिले समेत निकै जटिल भएको बताइन् । पत्रकार नभए सबै अँध्यारो हुने सरकारले बुझेतापनि चौथो अंग पत्रकारितालाई सही दृष्टिकोणले हेर्न नसकेको बताइन् । कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघकी केन्द्रीय सदस्य गंगा सुवेदीले विद्युतीय माध्यममाबाट साहित्यिक पत्रकारितालाई अघि बढाउनसके अहिलेका पाठकको मन जित्न सकिने बताइन । उनले राज्यले साहित्यिक पत्रकारिताको महत्व नबुझेको बताइन् । साहित्यिक पत्रकारिकताको माध्यमबाट साहित्यिक पत्रकारले राज्यलाई यसको महत्व बुझाउन सक्नु पर्ने बताइन । अर्का केन्द्रीय सदस्य माधव पोखरेलले अहिलेको अवस्थामा साहित्यिक पत्रपत्रिका प्रकाशन गर्न फलामको चिउरा चपाउनु सरह भएको बताए त्यसैगरी उदयपुरका अग्रज साहित्यिक पत्रकार राममणि पोखरेलले सरकारी उदासिनताका कारणले साहित्यिक पत्रपत्रिका प्रकाशन गर्न कठिन भएको बताए । उनले भने डीपीआर तयार हुने अन्य काममा स्थानीय निकायले लगानी गर्दारहेछन् तर साहित्यिक पत्रपत्रिकालाई एउटा सूचना दिन समेत तयार हुँदारहेनछन् । कार्यक्रममा प्रेस नेपालका १ नं. प्रदेश अध्यक्ष फिपराज बेघाले साहित्य बिना सञ्चार माध्यमहरु अपूर्ण हुने बताए । इनरुवाका अग्रज साहित्यिक पत्रकार शशीप्रसाद बजगाइँले गणतन्त्रसम्म आइपुग्दा समेत साहित्यिक पत्रपत्रिकाको महत्व राज्यले बुझ्न नसकेको बताए।त्यसैगरी प्रगतिशील लेखक सङघ नेपालका १ नं. प्रदेश उपाध्यक्ष डा. खेमराज खनालले साहित्यिक पत्रपत्रिकाले श्रमजीवी स्रष्टाहरुलाई उठान भूमिका खेल्नु पर्ने बताए । पत्रकार महेश श्रेष्ठले साहित्यिक पत्रपत्रिकाको अवस्था बारे चर्चा गर्दै अहिलेको अनलाईन सामाचार माध्यमका कारण साहित्यिक पत्रपत्रिकाको अवस्था खस्किएको बताए ।

भेलाले नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समिति गठन गरेको छ । समितिको अध्यक्ष लम्जेल सङ्घर्षशील (गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक÷प्रकाशक, सुनसरी) उपाध्यक्ष श्रीशिशा राई (वागियान द्धैमासिक साहित्यिक पत्रिका –सम्पादक÷प्रकाशक, इटहरी), उपाध्यक्ष रेखा सुवेदी (निगुरो त्रैमासिक साहित्यिक पत्रिका –सम्पादक, वेलवारी, मोरङ), सचिव उमेशचन्द्र दाहाल (चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिका–सहसम्पादक, मोरङ), सह–सचिव मधु केरुङ (शब्द साँघु द्धैमासिक साहित्यिक पत्रिका–सम्पादक, पाँचथर) र कोषाध्यक्ष केशवकुमार सुनाम (श्रृङखला मासिक–सम्वाददाता सुनसरी) रहेका छन् ।त्यसैगरी सदस्यहरुमा सीता राई (टेम्के तुवाचुङ त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक, खोटाङ), लक्ष्मीप्रसाद पराजुली (सङगम अभियान मासिक साहित्यिक पत्रिका –उपसम्पादक, मोरङ), राज दिलाञ्जली (सेहोनामलाङ द्धैमासिक साहित्यिक पत्रिका –सम्पादक, पाँचथर),यशोदाकुमारी पोखरेल भट्टराई(लोकमञ्जरी त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक, उदयपुर),जमुना श्रेष्ठ (गुफाथुम्की गर्जन त्रैमासिक पत्रिका –प्रधान सम्पादक, सुनसरी) रहेका छन् । १५ सदस्यीय सो समितिमा ४ सदस्यीय बैठकले मनोनयन गर्ने निर्णय गरिएको छ ।

भेलाले एक सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा राममणि पोखरेल (लोकमञ्जरी त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक, उदयपुर), शशीप्रसाद बजगाई (साहित्य सौगात त्रैमासिक साहित्यक पत्रिका–सम्पादक, सुनसरी), गंगा सुवेदी (चेतना सन्देश त्रैमासिक साहित्यक पत्रिका –प्रधान सम्पादक, मोरङ), माधव पोखरेल (नवसिर्जना त्रैमासिक साहित्यक पत्रिका– सम्पादक, उदयपुर), गायत्रीप्रसाद चापागाई (सङगम अभियान मासिक पत्रिका –प्रधान सम्पादक, मोरङ) रहेका छन् ।

उक्त कार्यक्रममा भारतीय हत्क्षेपको विरोध गर्दै लता कार्की, अज्ञात मान्छे, कुमार प्रधान, लक्ष्मीप्रसाद पराजुली,बाल कुमारी गुरुङ, शिवकुमार राई, गणेशकुमारी राई र एकराज थापा लगायतले कविता वाचन गरेका थिए । पत्रिका प्रधान सम्पादक जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पादक÷प्रकाशक लम्जेल सङ्घर्षशीलले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: