गायक दिपकले साइप्रसमा गाउने - Sainokhabar

गायक दिपकले साइप्रसमा गाउने

साइनो समचारदाता

लिमासोल(साइप्रोस) ।

किरात याक्थुङ चुम्लुङ साइप्रसले चासोक तङ्नाम विशेष कार्यक्रम गरी मनाउने भएको छ । आगामी डिसेम्बर ८ तारिखको दिन लिमासोल स्थित नियो फिस्टा हलमा ‘चासोक तङ्नाम–२०७६ साँस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको हो ।

‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ साइप्रसले स्वदेशमै भएको अनुभुती गराउन नेपालबाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक सरिता लिङ्देनले बताइन् । कार्यक्रममा लिम्बू भेषभुषा, संस्कार र संस्कृति झल्काउने केःलाङ र याःलाङलगायतका मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति पनि रहने छ । प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बु कार्यक्रमको मुख्य आकर्षण रुपमा रहनेछ । गायक लिम्बुको ‘मैले माया गर्न जानिन होला…’, ‘मुटु माग्यौ तिमीले…’, ‘नाइ न भन्नू ल…’, ‘म बाच्नु को के अर्थ…’ लगायत बोलको गीत चर्चित छ । लिम्बुको साइप्रस यात्रा भने पहिलो पटक हो । सांगीतिक कार्यक्रममा नवगायक सुरेन ताम्लिङको साँगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान बताइएको छ । साथमा सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले आकर्षक प्रस्तुति पनि रहने चुम्लुङले बताएको छ । आयोजकले लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको जनाएको छ । चासोक तङ्नाम उभौली पर्व भब्य गरि मनाउन र कार्यक्रम सफल बनाउन साइप्रसबासी सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि चुम्लुङ अध्यक्ष तेजबहादुर सिगुले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: