नगरपालिकाले आलु वितरण गर्यो - Sainokhabar

नगरपालिकाले आलु वितरण गर्यो

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले उन्नत जातको आलुको विउ बृद्धि गर्नका लागि २ वटा कृषक समूहलाई पूर्व मुल विउ आलु वितरण गरेको छ ।

कृषि शाखामार्फतको कार्यक्रम अन्तर्गत नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा वडा नम्वर १ को पथरी कृषि सहकारी र २ को साकम्वरी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो । प्रति दाना २० रुपैयाँमा खरिद गरिएको खुमल रातो, जनकदेव सहितका जातको ३ हजार ३ सय दाना पूर्व विउ वितरण गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: