प्रमुख प्रसासकीय अधिकृत नहुदा सेवाग्राहीलाई सास्ती - Sainokhabar

प्रमुख प्रसासकीय अधिकृत नहुदा सेवाग्राहीलाई सास्ती

साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरेमा कर्मचारी नभएकाले नगरमा सेवालिन आउने सेवा ग्राहीले सास्ती भोग्नु परेको छ । एक हप्ता सम्म पनि नगर धाउदा पनि जेष्ठ नागरिक सदस्यको कार्डमा सही नहुने सेवाग्राही बताउछन ।

“रहरले काम गरौ, हासेर सेवा गरौ”  भनेर कार्यकक्ष अगाडी भए पनि सेवाग्राहि भने कर्मचारीलाई सराप्दै जाने गरेका छन । प्रमुख प्रसासकृय अधिकृत अम्बिका प्रसाद धमलालाई प्रयजसो कहिल्यै कार्यलयमा हुदैन्न । अधिकाम्स समय बिराटनगरमा बिताउने धमलाका कारण प्रसासनिक काममा समस्या हुने गरेको छ । धमला कुन दिन आउछन अनि सबै काम सकै भनेर जनप्रतिनिधी र कर्मचारीहरुमा समेत समस्या हुने गरेको छ ।
नगरमा जिम्मेवार कर्मचारी एकै पटक कोहि तालिम, कोहि भ्रमण कोहि बिदा बस्दा नगरमा सानो काम लिएर आउने सेवाग्राहिको काम पनि ठप्प हुने गरेको छ । नगरमा १ हप्ता देखि यस्तो समस्या रहेपछि संचारकर्मीले समचार संकलन गर्न थाले पछि भने एक कर्मचारीले सेवाग्राहीको काम गर्न थाले ।


पथरीशनिश्चरेका १ का मसन्त बहादुर राई जेष्ठ नागरिक परिचय पत्रमा सहि गराउन ४ पटक आउदा सम्म काम नभए पछि निरास हुदै फर्किए । ४ दिन नगर धाए पछि उनले थाहा पाए जिम्मेवार कर्मचारीहरु तालिम, बिदा र भ्रमण लागेका रहेछन दुख हामी जनताले नै त भोग्नु पर्ने रहेछ नि राईले संचारकर्मी संग गुनासो गरे र
हाकीमसाव नभएकाले २ पटक सम्म आएर फर्कनु परेको इटहरीका प्रम रायामाझीले बताए । संझैता गर्नु पर्ने समय कम छ तर पटक पटक आउदा सम्म हाकिम, साहयक हाकीम तथा जिम्मेवार ब्याक्ती नहुदा सास्ती ब्याहोनु परेको रायामाझीले बताए ।
पटक पटक कर्मचारीको विषयमा बिवाद बन्दै आएको यो नगरपालिकामा कर्मचारीहरु बिदा, काज र भ्रमणमा हिड्ने गरेका छन । केहि दि अगाडी वडा नंबर ४ का वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले पत्रकार सम्मेलनमा भनेका थिए “प्रमुख प्रसासकीय अधिकृत अम्बिका प्रसाद धमला अधिकाम्स समय बिदा बस्नाले, कार्यलय नआउने, हप्ता भरिको काम एकै पटक आएर गर्ने गर्नाले प्रसासनिक काममा समस्या भएको बताएका थिए” ।

प्रमुख प्रसासकीय अधिकृत धमला

तर २ जना उप सचिवभएको नगरमा भण्डारीले पत्रकार सम्मेलन गरेकै केहि दिन पछि अधिकृत धमला तालिम र अर्का उपसचिव शालिग्राम काफ्ले भारत भ्रमणमा निस्किएका छन जस्ले गदा नगरमा उप सचिव बिहिन छ । धमला चिन र काफ्ले स्कुलका हेडमास्टरले आयोजना गरेको भ्रमणमा रहेका छन ।
नगरमा कर्मचारी अभाव भए पनि आउने सेवाग्राहीको काम सरल सुलभ तरीकाले भै आएको नगर प्रमुख दिलिप कुमार राईले बताउनु भयो । तर कहिले कहि कर्मचारीका कारणले कठिनाई हुने भएको भन्दै सो समयमा जनप्रतिनिधी, उप मेयर र मलाई सम्पर्क गरि सेवा बारे जानकारी लिन नगर प्रमुख राईले अनुरोध गरे बताउनु भयो ।

सम्बन्धित खवर

%d bloggers like this: