स्थानीय सरकारको कदमबाट प्रदेश सरकारले शिक्षा मिलोस्ः समाजवादी - Sainokhabar

स्थानीय सरकारको कदमबाट प्रदेश सरकारले शिक्षा मिलोस्ः समाजवादी

साइनो समचारदाता

पथरी । समाजादी पाटी प्रदेश समितिले १६औं राष्ट्रिय विभूति, समाजसुधारक एवम् किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५औं जन्म जयन्तीको अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त किरात धर्मावलम्बी महानुभावहरुलाई शुभकामना व्यक्त गरेको छ ।

आज प्रदेश अध्यक्ष प्रविन चाम्लिङले शुभकामना बक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गरेको हो । महागुरु फाल्गुनन्दले देखाउनुभएको शान्ति, अहिंसा र सत्यको बाटोमा लागिरहन सबैलाई उत्प्रेरणा मिलिरहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । राज्य पक्षबाट राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको योगदानको कदर गरेर विभूति घोषणा गरेझैं उहाँको जन्म दिनलाई विशेष महत्व प्रदान गर्नुपर्ने बक्तव्यमार्फत् आग्रह गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न स्थानीय सरकारहरुले फाल्गुनन्द जन्म जयन्तीमा सार्वजनिक विदा घोषणा गरेकोप्रति धन्यवाद ज्ञापन गर्दै पाटीले प्रदेश सरकारलाई सो कदमबाट शिक्षा मिलोस् भनी ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: