फाल्गुनन्द गाउपालिकाको शिक्षक नियुक्ति र तिनको वदर गर्ने सवालः - Sainokhabar

फाल्गुनन्द गाउपालिकाको शिक्षक नियुक्ति र तिनको वदर गर्ने सवालः

मलिसा याक्थुङ्बा

सबैभन्दा पहिले फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ् स्वर्गवासी हुन भएपनि याक्थुङ, तामाङ र र वान्तवा भाषाका लागि गरेको योगदानको विषयमा धन्यवाद दिन्छु।

यस विषयमा आएका भित्र सवालहरूः

गाउपालिकाको याक्थुङ भाषा शिक्षक नियुक्तिमा सबैभन्दा ठूलो समस्या, त्यहाँ २०६६ सालदेखि पढ्दै आएका कक्षा १२ पास गर्ने जनशक्तिलाइ नियुक्ति प्रकृयामा राख्न नचाहनु, आधारभूत तहको शिक्षकका लागि पढेर बसेका जनशक्तिको भविष्यमा भाषा विशेषज्ञ बनाइएकाले अवैधानिक बनाउनु, नियुक्ति प्रकृयामा १२ पास भएका हुँदाहुँदै पनि माग नगरी साधारण लेखपढलाइ स्थान दिएर नियुक्ति दिनु, यहि साधारण लेखपढका कारण फाल्गुनन्द गाउँ सरकारका प्रतिपक्षीहरूको चित्त नबुझेको हुनुपर्छ ।

नियुक्तिमा साधारण लेखपढलाइ स्थान दिँदा सबैको चासो हुनुमा सहि पक्ष रहँदा रहँदै पनि विव्यस अध्यक्ष र प्रअले नियुक्तिमा राजनैतिक सोचको हुनु र गएको नियुक्तिहरूमा त्यस्तै पाउनु । नियुक्ति पाएकाहरूलाइ राजनैतिक क्रियाकलापमा ल्याउनु आदि हुनु पर्दछ । नियुक्ति प्रकृयाहरू गलत नरहेपनि अन्तरप्रकृया र सोचमा गलत देखिएको कारण उक्त गलतलाई फाल्गुनन्द गाउँ सरकारको विरूद्द राजनैतिक तह र जनता तहबाट समाधान गर्न बाटो नरोजी अदालत जानु अपराध नएपनि भाषा शिक्षाका लागि ठूलो गल्ती हुन आउछ र यसैलाइ नेकपाले विज्ञप्ति जारी गरी राजनैतिक अडान लिनु अर्काे महान गलत भएको छ । एत्ता कांग्रेस नियुक्ति चिन्तन गलत छँदै अर्काे नेकपा अदालतै जानु जनता, भाषा पहिचान र शिक्षाका लागि ठूलो गलत हो । तसर्थ अदालतसम जानु क्षमादान हुन सक्दैन । यसक्षेत्रमा कक्षाा १२ गरेका थुप्प्रै जनशक्तिलाई वेवास्ता गरेर गरिएको नियुक्ति र नियुक्ति वदर गर्न अदालत जानु महाअपराध हो र पहिचानको विरूद्दमा हो भन्ने लाग्दछ । गल्ती र महाअपराध, जनतमा गल्ती र महाअपराध नै हो ।
किनभने कन्चन गिरी महागुरू फाल्गुनन्द जीवनकालको अपराधी, डम्बरूबल्लभ भट्टराई फक्ताङलुङ निसामहिम्का लागि अपराध नै गरे, त्यसरि नै यो भाषा शिक्षक नियुक्तिको सवालमा नेकपा वा इन्द्रकुमार नेम्बाङका लागि चुनौति हुन सक्दछ ।

लिम्बू भाषाको कक्षा ११ र १२ वि.सं. २०६६ सालदेखि सत्यहाङ्मा उमाविमा गरिएको अध्यापन शैक्षिक आन्दोलन मात्र हो र धरान, धनकुटा, यासक, लारूम्बा र याङ्नाममा समेत विव्यसबाट निर्णय गरि पढाउदै आएका शिक्षालाइ जब्बर लाटो भएर मान्यता नदिनु व्यक्तिको खेल मात्र हो र स्थानीय तहले मान्यता अब दिन सक्दछ । भाषा पहिचानको अभियान निरन्तर छ । धन्यवाद

सम्बन्धित खवर

%d bloggers like this: