हाम्रै होः गो ब्याक इन्डिया भन्दै गाँउ गाँउबाट निस्किए जनता (भिडियो फोटोसहित) - Sainokhabar

हाम्रै होः गो ब्याक इन्डिया भन्दै गाँउ गाँउबाट निस्किए जनता (भिडियो फोटोसहित)

साइनो समचारदाता

पथरी । भारतले नेपाली भूमिलाई आफ्नो राजनैतिक नक्सामा राखेको विरोधमा मोरङ्ग पथरीशनिश्चरेका बिभिन्न स्थानमा विरोध र्याली गरिएको छ । युवाहरुले स्वस्फुर्तरुपमा निकालेको र्यालीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला समेत जलाइएको छ ।

भिडियो

पथरी बजारमा सुविन पराजुलीको नेत्रित्वमा निस्किएको विरोध र्याली

पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरेका विद्यार्थीहरुले निकालेको र्यली।

शनिवार मोरङको पथरीशनिश्चरे ३ मा राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको आवहानमा निस्किएको विरोध र्यालीले मोदिको पुत्ला माथि आक्रोस पोखेका थियो । त्यस्तै पथरी बजारमा सुविन पराजुलीको नेत्रित्वमा भारतको बिरोध गर्दै पथरी बजार परिक्रमा गर्दै मोदिको फोटो र भारतले निकालेको नयाँ नक्सामा आगो लगाएका छन । आइतवार पथरीबहुमुखी क्याम्पसका युवा नेत्रित्वकर्ता बिबेक न्यौपाने र निता कुलुङ राईको अगुवाइमा क्याम्पसका बिध्याथीले समेत र्याली निकालेका छन ।

राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको आवहानमा निस्किएको विरोध र्याली


राष्ट्रवादी युवा समुहले निकालेको र्याली पिपल चोकबाट सुरु भई संगम चोक र विरेन्द्रनगर हुदै त्रिवेणी चौकमा कोण सभा गरेर समापन गरिएको हो । कोणसभामा भारतले मिचेको जग्गका विषयमा कविता मार्फत भारतको चर्को आलोचना गर्दै वक्ताहरुले नेपाली भुमी भारतले मिचेर नेपाल माथी अन्याय गरेको बताए ।

कोणसभामा बोल्दै बक्ताले भारतीय विस्तारवादी योजनाअन्तरगत नै पश्चिम नेपालको लिपुलेक, कालापानी मात्र नभएर सुस्ता, झापा र पाँचथरसम्मका जंगेपिलर सार्न थालेको उनीहरुले बताए । राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यले भने छिमेकीले आगनको एक चप्परी माटो लादा पाखुरा सुर्किने हामी बिर नेपाली त्यसमा पनि दुई तिहाईको सरकार आफ्नो भुभाग मिचिदा किन चुप छ ? भन्दै यो सरकामाथी संका गर्नु पर्ने बताए ।

राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको आवहानमा निस्किएको विरोध र्याली

सदै खोक्रो र झुटो राजनिती गर्ने नेताहरु देश लुटिएको बेला युवाहरुले गरेको कार्यमा साथ नपाएको शैक्षिक अभियन्ता प्रदिप कुमार राईले गुनासो गरे । उनले स्थानीय नेतालाई प्रश्न गर्दै भने “सबै एक जुट भएर भारतको विरुद्ध चर्को आवाज गर्नु पर्नेमा पथरीशनिश्चरेका नेता, ब्यापारी र अगुवाहरुले घर भित्रबाट हेर्दा देश कुन दिशा तर्फ जादैछ । कोण सभामा बोल्दै बिध्यार्थीका अगुवा बिबेक न्यौपानेले भने यदि सरकार भारतले गरेको अन्यायको विरुद लड्न सक्दैन भने देश भरका बिध्यार्थी लड्न तयार रहेको बताए । बालक देखि वृद्ध वृद्धा सम्मले गो ब्याक इन्डीया, लिपुलेख, कालापानी, लिम्पीयाधुरा हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद जस्ता प्ले काड हातमा बोकी मोदिको पुत्लामा आगो लगाएका थिए ।

पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरेका विद्यार्थीहरुले निकालेको र्यली।

सम्बन्धित खवर

%d bloggers like this: