पालिकाको ५१ हजार सहयोग - Sainokhabar

पालिकाको ५१ हजार सहयोग

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

वडा नम्वर २ स्थित प्रवेश राईका २ वर्षीय छोरा निछाको पानीमा डुवेर भएको मृत्युमा शोक व्यक्त गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा आज राहत रकम प्रदान गरिएको हो । उपप्रमुख वास्तोलाका साथै २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य अरुणा राई र न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले सो रकमको चेक हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: