तरुणदल र राष्ट्रिय युवासंघको फेस्टिबल फन रन केराबारी - Sainokhabar

तरुणदल र राष्ट्रिय युवासंघको फेस्टिबल फन रन केराबारी

केराबारी । शनिबार बिहान केराबारीको मच्छिन्द्र चोक निकै रमणीय देखियो । रातो पारी र सेतो कलरको टि सर्ट लगाएका बालक देखि वृद्धासम्मको भिडले चौक परिसर टिसर्टमय बन्यो । भिडभाड यस कारण पनि रमणिय थियो कि बन्यो कि कुनैबेला राजनीतिक अस्तित्वको लागि प्रतिस्पर्धा गर्ने दलका तिनै युवाहरु एक भएर एउटै कार्यक्रममा सहभागि भएका थिए । एउटै कार्यक्रममा दुइप्रतिपक्षी पाटीका संयुक्त कार्यक्रम थियो ।

फेस्टिबल फन रन केराबारी नाम दिइएको सो कार्यक्रम नेपाल तरुण दल र राष्टिय युवासंघ नेपाल केराबारीको संयुक्त आयोजनामा भएको हो । नेपाल तरुण दल र राष्टिय युवासंघको लोगो अंकित टि सर्ट लगाएर दौडमा सहभागि भएका युवा तथा वयस्कहरु एक पछि अर्को गर्दै कार्यक्रममा सामेल मात्र भएनन् सत्तारुढ दल र विपक्षी दुई प्रमुख पार्टीको भातृ संघको आयोजनामा भएको यस्ता कार्यक्रमले युवाहरुलाई एकापसमा जुध्नका लागि नभएर सामाजिक एकता र सहकार्यमा जुटेर सहअस्तित्व कायम गर्न प्रेरणा समेत दिएको छ ।

मच्छिन्द्र चोकबाट सूरु भएको म्यारुथ दौड केराबारी १० को बगैचा हुदै पुन मच्छिन्द्र चोकमा आएर टुंगिएको थियो । विभिन्न समुह अन्र्तगत स्वास्थका लागि खेलकुद प्रतियोगिता भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा ११ वर्षका बालकदेखि ६१ वर्षका वृद्धसम्मले सहभागिता जनाएका थिए ।

कुन समुहमा को को भए प्रथम

विभिन्न सातओटा समुह अन्र्तगत भएको सो प्रतियोगितामा १५ देखि ३० उमेरसमुहको पुरुष म्याराथुनमा यांगदेव राई र महिला तर्फ तर्फ सञ्जु तामांग प्रथम भएका छन् ।

त्यसैगरी ३१ देखि ४० उमेर समुहको पुरुष तर्फ युगेन सुब्बा र महिला तर्फ भावना मगर प्रथम भएका छन् । ४१ देखि ५० उमेर समुहको पुरुष तर्फ राजमान लिम्बु र महिलामा सरीता खत्री प्रथम भएका छन् । ५१वर्षदेखि माथीका उमेर समुहमा केराबारी १० का टंक वस्नेत प्रथम भएका छन् ।

प्रथम हुने सवैलाई जनही दुई दुई हजार नगद प्रदान गरिनुका साथै फिटनेस एरिना केराबारी ८ ले २ महिनाको शारिरीक व्यायाम सम्बन्धी प्याकेज उपलब्ध गराउने राष्टिय युवासंघ नेपाल केराबारीका अध्यक्ष विवेक भूजेलले बताए ।

बिजेताहरुलाई केराबारी गाउँपालिकाका अध्यक्ष रोहितवहादुर कार्की र राष्टिय युवासंघ नेपालका केन्द्रिय सदस्य खगेन्द्र सूवेदीले पुरस्कार प्रदान गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव संगै युवाहरुमा सृजनात्मक चिन्तनको विकास हुने बताए ।  कार्यक्रम नेपाल तरुण दल केराबारीका अध्यक्ष पप्पु साहको सभापतित्वमा सम्पन्न भएको थियो । =उज्यालो प्रदेश

सम्बन्धित खवर

%d bloggers like this: