गजल - Sainokhabar

गजल

राजेन्द्र विवश

शहरमा सुकिलो घर बनाएर के गर्छौ ?

आमा आश्रम आफू मन्दिर धाएर के गर्छौ ?

कमाउन त कमायौ नि कैयौं दुश्कर्म गरेर
कात्रोमा गोजि हुँदैन कमाएर के गर्छौ ?

पैसो भएनी बुढेसकालमा एक्लै बाँच्नुपर्ला
सन्तानलाई अमेरिका पठाएर के गर्छौ ?

छ्याप्छ्याप्ती छन् सिंहदरबारमा बाँदरहरु
जाबो बस्तीका बाँदरहरु धपाएर के गर्छौ ?

खरानी भएको छु म बतासले उडाईरहेछ
भन विवशलाई आगो लगाएर के गर्छौ ?

सम्बन्धित खवर

%d bloggers like this: