डाँगिहाट गाेल्ड कपकाे उपाधीका लागि धरान र व्वाईज युनियन भिड्ने - Sainokhabar

डाँगिहाट गाेल्ड कपकाे उपाधीका लागि धरान र व्वाईज युनियन भिड्ने

साइनाे समचारदाता पथरी/ मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा डि वाईन व्वाईज युनाईटेड काठमाण्डौ र धरान फुटबल कल्ब बिच भेट हुने भएको छ । शनिवार भएका अन्तिम सेमिफाईनल खेलमा घरेलु मैदानमै आयोजकलाई हराउदै धरानले फाइनलको यात्रा तय गरेको हाे ।


खेल सुरु भएको १० औ मिनेटमा धरानका बुद्ध चेम्जोङले गरकाे एक मात्र गोल खेलकाे निर्णायक गाेल बन्याे । खेलको ४९ औ मिनेटमा अायाेजकले पाएकाे पेनाल्टी रजिन धिमालले गाेल गर्न नसक्दा अायाेजककाे यात्रा सेमिफाईनलमा टुगिएकाे हाे । धरानका बुद्ध चेम्जोङले डिबक्स भित्र हेन्ड गरे पिछ अायाेजकले गाेल गर्ने मैका पाएकाे थियाे । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट राष्ट्रिय खेलाडीहरु मैदान प्रबेश गरेका थिए ।
खेलको म्यान आफ द म्याच धरानका गाेल कर्ता बुद्ध चेम्जोङ घोसित भए ।


अाईतबार हुने फाईनल खेलमा एक महिना अघि भएको बेलबारी गोल्ड कपमा उपबिजेता बनेको धरानले डागिहाट गोल्डकप्को उपाधि हत्याउने रणनितिमा लिएकाे छ भने डि वाईन व्वाईज युनाईटेड काठमाडौ पनि आफनो पोलटामा राख्ने रणनितिमा रहेको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद ३० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका म्यान अफ दि म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन ।
पहिलाे डाँगीहाट गोल्ड कपको आयोजक रातोले कब्जा गरेकाे थियाे भने दाेस्राे डाँगीहाट गोल्ड कप रारा फुटबल क्लब धनकुटाले चुमेको थियो ।

पहिलो संस्करणमा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार पुरस्कार प्राप्त गरेका थियो भने दोस्रो संस्करणमा क्रमशः १ लाख ५१ हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थियो ।
यसपटक पुरस्कार राशी दोब्बर बनाइएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ हात पार्नेछन् ।

सम्बन्धित खवर

%d bloggers like this: