तेस्रो डागिहाट गोल्ड कपमा पाँचथरलाई हराउदै आयोजक सेमिफाईनलमा प्रवेश (४ तस्विरहरु) - Sainokhabar

तेस्रो डागिहाट गोल्ड कपमा पाँचथरलाई हराउदै आयोजक सेमिफाईनलमा प्रवेश (४ तस्विरहरु)

साइनो समचारदाता लक्ष्मीमार्ग \ मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपमा पाँचथर फुटवल क्लवलाई हराउँदै आयोजक डाँगीहाट फुटवल क्लव (रातो) सेमिफाईनल प्रबेश गरेको छ । बुधवार भएको अन्तीम क्वाटर फाईनल खेलमा आयोजकले पाँचथर फुटवल क्लव पाँचथरलाई २–० गोल अन्तरले हराउदै विजयी भएको छ ।

आयोजकका दिपक राई र अव्दुल्हा हेनीले १–१ गोल गरे । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ खोल रहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा दुबैतर्फका टिमले पटक पटक पाएको अवसर सदुपयोग गर्न नसक्दा नतिजाको लागि दोस्रो हाफ कुर्नु परोको थियो । खेलको ५९औँ मिनेटमा योगेस गुरुङको पासमा दिपक राईले पहिलो गोलको खाता खोलेका थिए । त्यसको लगत्तै ६१ औँ मिनेटमा दिपक राईको पासमा इजिप्सियन खेलाडी अव्दुल्हा हेनीले अर्को गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाउँदै । खेलको म्यान अफ द म्याच दिपक राई घोषित भए । उनले नगद रु ५ हजार पुरष्कार पाए । बिहिवारको पहिलो सेमिफाईनल खेल चर्च व्याईज युनाईटेड काठमाण्डौँ र व्याईज युनियन काठमाण्डौँ बिच पहिलो सेमिफाईनल खेल हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this: