‘सेप्माङ्...’को भिडियो आउँदै - Sainokhabar

‘सेप्माङ्…’को भिडियो आउँदै

साइनो समचारदाता

पान्थर । लिम्बू भाषाको गीती संगालो ‘सेप्माङ्’ को गीतहरूको म्युजिक भिडियोको छायांकन सकिएको छ ।

सोमबार सम्पन्न भिडियोमा कलाकारहरु दिप केरुङ, बिक्रम योङ्हाङ, जीवन वायुङ, लक्ष्मी योङ्हाङ, बिकेन काम्बाङ, बिमला खजुम, प्रवेश कुरुम्बाङ, सन्ध्या पन्धाक, मनुसा योङ्हाङ (केन्जल), बजिन लावती, खेसेहाङ लोवा, आशिष लावती, शेरबहादुर केरुङ, निर्मला यवा, सुस्मा केरुङ, सागर केरुङ, मिलन केरुङ, अमृतप्रसाद यवा लगायत रहेका छन । पान्थरको सिलौटी, लब्रेकुटी, जोरपोखरी, चतुरेलगायत ऐतिहासिक, रमणीय, पर्यटकीय स्थलमा सम्पन्न गीतको निर्देशन इशाक जबेगुले गरेका छन् । गीतको संगीत÷लय संकलन यादन सेर्मा, शब्द साम्जिरी सेर्मा, श्यामबहादुर सेर्मा र स्वर यादन सेर्मा र सिता सिङघक, भेषभुषा द हाइल्यान्ड आर्टरफेसन सिक्वाइन्स हाउस रहेको गीतको निर्माता बिक्रम योङ्हाङ रहेका छन । भिडियोहरु आगामी तिहारलगतै रिलिज गर्ने निर्देशक जबेगुले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: