अनाथलयमा जन्म दिन - Sainokhabar

अनाथलयमा जन्म दिन

साइनो समचारदाता

उर्लाबारी । गायक मिलन श्रेष्ठ र गायिका मिलन गुरुङ श्रेष्ठले आफ्नो छोरा ग्रेसन श्रेष्ठको जन्मदिन बाल गृह (अनाथलय)मा मनाएको छ ।

शुक्रबार उर्लाबारीमा अवस्थित नमूना बाल गृह (अनाथलय)मा रहेका बालबालिकाहरुलाई खाना खुवाएर शुक्रबार श्रेष्ठको बर्थडे मनाएका हुन् । खाना खाने कार्यक्रमपश्चात् सो अनाथलयमा रहेका बालबालिकाहरुका लागि स्टेशनरी सामान र रु. २५ हजार रुपैयाँअनाथलयलाई गायक श्रेष्ठले प्रदान गरेका छन् । सो कार्यक्रममा मिलनका बुबा, आमा, सासु र उनका दाजुभाइको उपस्थिति रहेको थियो । यस्तैगरी सञ्चारकर्मीहरु घनश्याम भण्डारी, सन्तोष राई, किशोर श्रेष्ठ र फोटोग्राफरहरु करण धिताल, विवेक हिङमाङ, धिरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । वर्थ डे अनाथलयमा नै मनाउनुको बारे गायक मिलन श्रेष्ठले छोराको जन्मदिनमा अनाथलयलाई सहयोग बताएका छन् । मोरङ सुनवर्षी नगरपालिका अमरदहका मिलन श्रेष्ठ र गीता श्रेष्ठ ‘मिलनगीता’ नामक एल्वम सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । यस्तै गृहका अध्यक्ष मिना बरालले सुखी व्यक्त गरेकी छिन् ।

सम्बन्धित खवर

%d bloggers like this: