मेयरले मनाए बालगृहमा दशैं - Sainokhabar

मेयरले मनाए बालगृहमा दशैं

साइनाे समचारदाता उर्लाबारी/ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूले बिगत बर्ष झै यसपटक पनि विजयदशमी मनाएका छन् । बालगृहका बालबालिकाहरूलाई मेयर फागोले टीका,जमरा लगाउँदै दक्षिणा दिएका थिए ।

बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दसैं मनाएको मेयर फागोले बताए । मेयर फागोले बालबालिकालाइ देसको नाम राख्नेगरि असल काम गर्न आशिर्वाद दिएका छन ।

विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको बाल गृहमा उर्लाबारीका मेयरको हात बाट बालबालिकाले टिका लगाउदै आशिर्वाद लिन पाउदा खुशी लागेको बताउनु अध्यक्ष मिनादेवी बरालले बताइन । २०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन् ।

सम्बन्धित खवर

%d bloggers like this: