सुस्त मनस्थिति भएकी महिला करणी गर्न खोज्ने राजकुमार ४ महिना देखि लापत्ता - Sainokhabar

सुस्त मनस्थिति भएकी महिला करणी गर्न खोज्ने राजकुमार ४ महिना देखि लापत्ता

साइनो समचारदाता पथरी/ एक सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे १० ऐयाबारीका राजकुमार लिम्बु फरार रहेका छन । २०७६ असारमा श्रीमान श्रीमति सुतिरहेको ठाँउबाट श्रीमतीलाई तानेर लैजान खोज्दा श्रीमान रण बहादुर चेम्जोङले थाहा पाए पछि खेदाउदा मोवाईल झारेर भागेको चेम्जोङले बताए । रातको १२ बजे घरको टाटी भत्काएर घर भित्र पसि चेम्जोङकी श्रीमती तानेका राजकुमार लिम्बु हाल सम्म बेपता रहेको स्थानियको भनाई छ । कान बन्दै नसुन्ने चेम्जोङ गाँउ घरमा ज्यालामजदुरी गर्छन भने सुस्त मनस्थिति भएकी उनकी श्रीमती घरमै बस्ने गर्छीन । पथरीशनिश्चरे ९ र १० मा रहेको सिता छधारे वन समितीमा सचिव रहेका लिम्बुले पटक पटक घरमा आएर अभद्र ब्यावहार गर्ने गरेको चेम्जुङले बताए । तर यता नगरपालीकामा सुस्त मनस्थिति भएका माथि करणीको प्रयास हुदा सम्म पनि कुनै चासो नभएको वडाध्यक्ष सागर राईले बताए । वडाध्यक्ष राईले सुस्त मनस्थिति परिवारले न्याय पाउनु पर्ने र करणीको प्रयास गर्ने लिम्बुले सजाय भोग्नु पर्ने भन्दै पटक पटक इलाका प्रहरी कार्यलय धाईरहेका छन ।

राती घटना घटे पछि भेटिएको मोवाईलको आधारमा पथरी इलाका प्रहरी कार्यलयमा जाहेरी दिएका थिए । ४ महिना बिती सक्दा पनि प्रहरीले लिम्बुको खोजि कार्य नगरेको चेम्जोङको भनाई छ । सिता छधारे सामुदायीक वन उपभोक्ताले समेत लिम्बुलाई कुनै कावाही गरेको छैन भने । ४ महिना देखि कार्यलय सचिव बिहिन रहेको उपभोक्ताको गुनासो छ । लिम्बुले दुई वटी श्रीमति ल्याएको तर उनको आचरण खराव रहेकाले श्रीमतिहरुले छोड्ने गरेको स्थानिय बताउछन । प्रहरी भने खोजी भै रहेको बताउछ । पथरी ईलाका प्रहरी कार्यलयका डि एस पि लक्ष्मिराज अधिकारीका अनुसार ९० दिन सम्म नभेडिए अदालतमा मुदा पेस गरी एक तर्फी मुद्धा चल्ने बताए । उनले भने अपराधी जतिसुकै भागे पनि कानुनले नछोड्ने एक न एक दिन कानुनी दायरामा ल्याउने बताए ।

सम्बन्धित खवर

%d bloggers like this: