‘महरालाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने’ - Sainokhabar

‘महरालाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने’

साइनो समचारदाता

काठमाडौं । रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ५ वर्षसम्म जेल सजाय हुनेछ । आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी छिन् ।

१८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था मुलुकी फौजदारी संहिता २०७४ मा उल्लेख छ । संहिताले जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने लेखिएको छ । निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ । प्रहरीले अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको छ । उजुरी लगत्तै प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: