किरात चोकमा ‘कथा औशीको’ प्रदर्शन - Sainokhabar

किरात चोकमा ‘कथा औशीको’ प्रदर्शन

साइनो समचारदाता

पथरी । नेपाली कथानक चलचित्र ‘कथा औशीको’ आज पथरी शनिश्चरे ३ किरात चोक मोरङमा प्रदर्शन गरिएको छ ।

रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिले आफ्नो व्यानरमा निर्माण गरिएको चलचित्र ‘कथा औशीको’ यस अघि गोर्खा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरे, मोरङ प्रर्दशन गरिएको थियो । निर्माता सिवानी सिप्तुङ्खा राई रहेको चलचित्रको प्रमुख सहायक निर्देशक तथा कथा लेखक मौसम परिवर्तन याक्थुङबाको रहेको थियो । चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ ।

मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रमा मंगल सिंह लिम्बु विशाल कार्यकारी निर्माता, किशोर सिंह लिम्बु सहनिर्माता रहेको चलचित्रको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् । नेपाली समाजमा औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक याक्थुङ्बाले बताएका छन् । फिल्म करिब २२ लाखको लागतमा निर्माण भएको हो । फिल्मको साता अघि हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: