असोज २९ बाट दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने - Sainokhabar

असोज २९ बाट दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

साइनो समचारदाता पथरी/ सुनाखरी युवा क्लबको आयोजनामा दोश्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । असोज २९ गते बाट शुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टोलिको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।


दशै तिहारको अवसरमा हुने प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब उर्लावारी, विभागिय टोलि एपिएफ झापा, लेटाङ फुटबल क्लब लेटाङ, पञ्चायन फुटबल क्लब सुनसरी , पथरी स्पोर्टिङ क्लब पथरीशनिश्चरे, दमक फुटबल एकेडेमी दमक र डाँगिहाट फुटबल क्लब लक्ष्मिमार्गाको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मिलन राईले जानकारी दिए ।


पथरी शनिश्चरे हङकङ परिवारको मुख्य प्रयोजन तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपियाँ र उप विजेता टोलिले नगद ५१ हजार १ सय ११ रुपैयाँका साथ मेडल ट्रफी पाउने छन ।
असोज २९ गते देखि कार्तिक ६ गते सम्म संचालन हुने खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष मिलन राईले बताए । खेलमा ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा रहने आयोजकले जमनकारी दिएको छ । खेल पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this: