बेलबारी गोल्डकप धरानलाई हराउदै भारतले चुम्यो उपाधी - Sainokhabar

बेलबारी गोल्डकप धरानलाई हराउदै भारतले चुम्यो उपाधी

साइनो समचारदात पथरी/ मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको ।
मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोलको फराकीलो गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो ।

बेलबारी नगरपालिका–११ को लक्ष्मीमार्ग खेल मैदानमा भएको खेलको १० औं मिनेटमा कप्तान आदर्श तामाङले गोलको खाता खोलेका थिए । कप्तान तामाङले निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा सुन्दर गोल गरेका हुन ।
आर्मीका भरत खवास, झापा ११ का कर्ण लिम्बु, विशाल राई, बुद्ध चेम्जुङ सहित मैदानमा उत्रिएको धरानले पहिलो हाफमा १–० को अवस्था सामना गर्नु पर्यो ।
५७ औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो । रक्षापंक्तीका मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई विट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।
सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो । सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए । कैलास बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि वित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका हुन् ।
धरानको लागि खेलको ७४ औं मिनेटमा उमेश राईले वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै एक सान्त्वना गोल फर्काए । ६० औं मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित हुदै नगद पाँच हजार पुरस्कार पाए ।

धरान माथि सानदार जित निकालेको रोयल क्लव सिलगुडीले नगद पाँच लाखका साथ ट्रर्फी, मेडल र प्रमाण पत्र प्राप्त गयो भने उपबिजेता धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
दुई बिभागिय टोलि नेपाल पुलिस क्लव र ससस्त्र प्रहरी एपीएफलाई पराजित गर्दै रोयल क्लव सिलगुडीले फाईनल यात्रा तय गरेको थियो भने आयोजक डागिहाट क्लव र मदन भण्डारी एकेडेमी काठमाडौंलाई पराजित गर्दै धरान फाइनल पुगेको थियो ।


डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित हुदै नगद २५ हजार नगद पुरस्कार पाए । भने प्रतियोगिता भर ३ गोल गरेका लिम्बु सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मंगलबारलाई सरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: