लिविको मञ्चको नबौं महाधिबेशनको तयारी पुरा - Sainokhabar

लिविको मञ्चको नबौं महाधिबेशनको तयारी पुरा

साइनो समचारदाता

ताप्लेजुङ । लिम्बु विद्यार्थी मञ्चको ९ औ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको भएको छ । ताप्लेजुङमा पत्रकार सम्मेलन गरी आयोजक समितिले सो कुरा जनाएको छ । असोज १२ गते देखि सुरू हुने मञ्चको महाधिवेशन सफल पार्नका लागि अधिकांश आयोजक समितिका सदस्यहरू ताप्लेजुङ आइसकेको जनाएको छ ।

मञ्चको ९औं औ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह प्रदेश नं। १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाएको छ । उद्घाटन समारोहमा किरात याक्थुङ चुम्लुङ, प्रतिनिधि सभा तथा प्रदेश सभाका लिम्बु सभासदहरू लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित हुने जनाएको छ ।

जिल्ला शाखाहरूबाट महाधिवेशनमा सहभागिहरू प्रतिनिधि तथा पर्यवेक्षकहरू भोलि ११ गते शनिबार बेलुका सम्ममा सबै जिल्लाहरूबाट कार्यक्रम स्थल आइसक्ने मञ्चका महासचिव उत्सव सङबाङफेले बताए । सबै जिल्ला शाखाहरूबाट गरी करिब ४ सय प्रतिनिधि सहभागी हुनेछ ।
मातृभाषामा व्यवहारीक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रि गणतन्त्र नेपालमा स्वयत्त लिम्वुवान भन्ने मुल नाराका साथ मञ्चको ९ औं राष्टिय महाधिवेशन यहि असोज १२ गते देखी १४ गते सम्म लिम्वुवानको ताप्लेजुङमा सम्मपन्न हुदैछ । महाधिवेशन विरेन्द्र चोकको सामुदायिक भवनमा हुने जनाएको छ

सम्बन्धित खवर

%d bloggers like this: