विवादीत अधिकृतले लगाए मेयरलाई झुटो आरोप - Sainokhabar

विवादीत अधिकृतले लगाए मेयरलाई झुटो आरोप

२ महिनामा २४ हजारको घ्यू खने अधिकृत कर्मचारीलाई भन्छन “तेरो जागिर मेरो हातमा छ खाइदिउ”


साइनो समचारदाता पथरी/ उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको भन्दै झुठो लान्छना लगाउने अधिकृत टेककुमार रेग्मीले कर्मचारीलाई पनि थर्काउने गरेका छन । उर्लाबारीका मेयर खड्ग फागोलाई झुटो आरोप लगाउदै ज्यानको सुरक्षाको माग राख्दै जिल्ला गएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले मातहतका कर्मचारीलाई थर्काउने गरेको कर्मचारीले गुनासो गरेका छन् । नगरमा मेयर र उपमेयर बिच बिबाद बढ्दै गएको बेला रेग्मीले सहजिकरण गर्नुको सट्टा मैकाको फाईदा लिन खोजेको कर्मचारीले गुनासो गरेका हुन । रेग्मीले कार्यलय समालेको २ महिना हुदै छ तर राशन र आवास खर्च भन्दै मनोमानी खर्च गर्ने र कर्मचारीहरुको बिरुद्धमा मेयरलाई पोल सुनाउने गरेको मेयर फागोले बताए ।

मेयरलाई झुटो आरोप लगाउने अधिकृत रेग्मी

अधिकृतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको समाग्री समेत नगरपालिकाको नाममा विल बनाएको उनीहरुको आरोप थियो । अधिकृतले २ महिनामा मात्रै २४ हजारको घ्यू खाएको र ९० रुपयाँको कपाल कालो पारेको तगायत अन्य अनावस्यक बिल कार्यलयमा पेस गरेका छन । बिबादास्पद छबिका उनि रामेछापको मन्थली नगरपालिकाबाट पनि लखेटिएका थिए । यस अघि रेग्मी कार्यरत ३ स्थानमा समेत यस्तै बिबादित भै सरुवा भएका कर्मचारीले बताएका छन ।

अधिकृत टेककुमार रेग्मीको खर्चको बिल देखाउदै मेयर फागो

         नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले अधिकृत रेग्मीमाथि यस्तो आरोप लगाएका हुन् । कर्मचारीहरुले अधिकृत रेग्मीकै कारण तलब भत्ता नपाएको, कार्यलयको काम गर्ने वातावरण कारण नभएको लगायतका आरोप लगाएका हुन् । प्रशासकीय अधिकृत रेग्मीका भान्सेकारुपमा कार्यरत रहेका यज्ञ कोइरालाले अधिकृतले चोर सम्मको आरोप लगाएर मानमर्दन गरेको आरोप लगाए । करारमा कार्यरत कर्मचारीको जागीर खाइदिने र रेग्मीले करार म्याद थप गर्न पैसाको वार्गे्निङ्ग गर्ने गरेको आरोप नगरपालिकाको हलुका सवारी चालकका रुपमा कार्यरत वसन्त पौडेलले आरोप लगाए ।

यस्तै, शिक्षा शाखामा कार्यरत शम्भु प्रसाद भट्टराईका अनुसार कर्मचारीले सहज साथ नगरपालिकामा काम गर्ने वातावरण नबनेको अवस्थामा मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको खटपटले थप समस्या भएको उनको तर्क थियो । नगर भित्रका ८० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले समेट्न नसकेको उनीहरुको आरोप थियो ।

शिक्षा शाखा प्रमुख उप सचिव भट्टराई अधिकृतले तलब नखुवाएको गुनासो गर्दै

मन्थलीबाट उर्लाबारी नगरपालिका समाहाल्न आएका तर २ महिना बिताउन नपाउदै उनको बारे समाचार आए पछि मन्थलीका एक जनप्रतिनिधिले भने, रेग्मीको बानीमा कैले सुधार न आउने रैछ, उर्लाबारीमा पनि दुखै दिन थाले छन् ।

उर्लावारी नगरमा कार्यरत कर्मचारीले गत साउन देखि यता तलव भत्ता पाएका छैनन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मानवीय संवेदनलाई समेत ध्यान दिइ कर्मचारीको तलब भत्ता उपलव्ध गराउन माग गरेका छन् । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थाले गर्दा कर्मचारीको तलव भत्ता भुक्तानी गरिएको छैन् ।

सम्बन्धित खवर

%d bloggers like this: