तेस्रो बेलबारी कपको फाइनलमा भारत र धरान - Sainokhabar

तेस्रो बेलबारी कपको फाइनलमा भारत र धरान

साइनो समचारदाता बेलबारी / मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब बिच भिडन्त हुने भएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली खेलाडीले भरिएको भारतीय टिमको लागि निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । अत्यन्तै कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्ने क्रममा भारतले तीनवटै गोल मध्यान्तरपछि गरेको हो ।

मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि भारत हावी बन्यो । भारतले दुई विभागीय टोली नेपाल पुलिस क्बल र एपिएफलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । फाईनल यात्राका लागि मैदान उत्रेको एपिएफको भने खेलाडीबीच तालमेल मिलाल्न नसकेका कारण खराव प्रदर्शन रर्यो । राजन गुरुङले चित्तबुझ्दो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नुले एपीएफलाई दुर्भाग्य पूर्ण हार बेहोर्नु पर्यो ।
भारतका निशान्त लिम्बू, सुरज रसाईली, श्याम सरकार, कप्तान आदर्शन तामाङको प्रदर्शन उत्कृष्ट रहयो । एपीएफमाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोले । निशान्तले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई अगाडि बढाउँदा एपीएफ छन दबाबमा प¥यो । एक पछि अर्को बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन् ।


एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल सुरज रसाईलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जित दिलाए ।
खेललाई नियन्त्रणमा लिएको भारतले २१ औं मिनेटमा श्याम सरकारको प्रहारमा गोलरक्षक राजु नगरकोटी बाधक बने । ३५ औं मिनेटमा सुजन रसाईलीको प्रहार क्रसबार माथिबाट बाहिरिएपछि भारतले मध्यान्तर अघि गोल गर्न सकेन ।
१७ औं मिनेटमा एपीएफका सन्तोश श्रेष्ठको पासमा महेश लामा चुक्दा भारतलाई दबाबमा राख्ने अवसर खेर गयो । ५५ औं मिनेटमा रुद्रबहादुर लामाको उत्कृष्ट फ्रिकिक प्रहारलाई रोक्दै भारतका गोलरक्षक किशोर गिरीले एपीएफलाई खेलमा फर्कन दिएनन् । ६५ औं मिनेटमा सन्तोश श्रेष्ठले वानभर्सेस वानको अवसर पाए पनि रेफ्री श्याम दनुवारले अफसाइडको संकेत गरेपछि एपीएफका लागि अर्को मैका गुम्यो । ७७ औ मिनेटमा युवराज खड्काको सशक्त प्रहार रोक्दै गोलरक्षक गिरीले सहजै रोक्दा एपीएफले सान्त्वना गोल पनि फर्काउन सकेन ।


खेलमा २ गोल गरेका भारतका निशान्त लिम्बू म्यान अफ दी म्याच हुर्दै नगद पाँच हजार पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईका अनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नु परेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: