कियाचु, युएईको पाँचौं राष्ट्रिय अधिबेशन - Sainokhabar

कियाचु, युएईको पाँचौं राष्ट्रिय अधिबेशन


साइनो समचारदाता

युएई । संयुक्त अरब ईमेरेट्स (दुबई) मा रहेका लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ (कियाचु) युएईको पाँचौं राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । २० सेप्टेम्बर, शुक्रबारको दिन सम्पन्न अधिबेशन बरदुबई अवस्थित सिन्दपन्जाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

अधिबेशन अध्यक्ष पद बाहेक अन्य सबै पदका दाबेदार उम्मेदवार निर्बिरोध निर्बाचित भएको थियो । अध्यक्ष पदको लागि भने भुतपुर्ब सल्लाहकार गजबहादुर (टेक) वनेम र भुतपुर्ब प्रबक्ता दीपराज नेयोङ्हाङले उम्मेदवारी दिएको थियो । अन्त्यमा वनेमको पक्षमा बिपक्षी उम्मेदवार दीपराज नेयोङ्हाङको सहमति जुटाएपछि वनेम निर्बिरोध निर्बाचित भएका हुन । समितिको पहिलो उपाध्यक्षमा कमल लावती, दोस्रो उपाध्यक्षमा सर्मिला पंधाक, महासचिबमा सुबास बेघा, सचिबमा बिक्रम पंधाक, प्रबक्तामा बिराज केरुङ, कोषाध्यक्षमा मनिषा खाम्दाक, सह कोषाध्यक्षमा सुनिता पाङ्मा, कार्यकारी सदस्यहरुमा खड्ग सिङ्जाङ्गो, गोबिन्द लुम्फुङ्वा, दुर्गा थक्लेन, उदिप ओख्राबो, बुद्धसिं लिङ्देन, बिशाल लिङ्देन, सुरेशकुमार फागो, एलुन लिङ्देन, सीतादेबी सुब्बा, ललित तुम्रोक, हंसराज केरुङ, सुन्दर लावती सर्वसम्मत् निर्वाचित भएका छन् । कार्य समितिले २ जना कार्यकारी सदस्य चयन गर्ने चुम्लुङले जनाएको छ । नव गठित कार्यसमिति घोषणा भए पश्चात सम्पूर्ण पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई सभाका सभापति पिएस निङ्लेकूको हातबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ, युएईका बर्तमान अध्यक्ष महेश मोक्तानले खादा ओढाएर निर्बाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई सम्मान गरे ।

कार्यक्रममा संस्थाको स्थापना कालदेखि कियाचु, युएईको नेतृत्व तहमा रही संस्थाको उन्नति र बिकासको लागि बिशेष योगदान पु¥याए बापत कियाचु, युएईका भुतपुर्ब अध्यक्ष सरोज पङ्हाङ्गोलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघीय लिम्बुवान सामाजिक मंच, युएईका अध्यक्ष लासाङ निङ्लेकू, किरात धर्म तथा साहित्य उत्थान संघ, युएईकी अध्यक्ष शिवरात्री नाल्बो, युमा साम्यो महासभा, युएईका अध्यक्ष जेडी ईमेहाङ र ताप्लेजुङ समाज सेवा, युएईकी अध्यक्ष सोनी भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका छन् । सभामा तामाङ समाज, युएईका उपाध्यक्ष जितेन्द्र तमू, तमु संघ, युएईकी अध्यक्षस् उसा तमूस्यो, किरात राई यायोक्खा युएई शाखाका महासचिब धनकृष्ण राई, सुनुवार सेवा समाज, युएईका अध्यक्ष नरबहादुर सुनुवार, प्रवासी भुजेल समाज सेवा समिति, युएईका अध्यक्ष सुर्य भुजेल, अन्तराष्ट्रिय नेपाली समुदाय, युएईका अध्यक्ष मुन्प्रसाद गुरुङ, तेह्रथुम समाज, युएईका सदस्य गोबिन्द लुम्फुङ्वा लगायतका संस्थागत प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

कार्यबाहक अध्यक्ष राजु कुरुम्बाङको अध्यक्षतामा सम्पन्न पहिलो बन्दसत्र शेसनमा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष योगेश निङ्लेकूले २०१७÷२०१९ कार्यकालको कुल आय रकम ७२७३१ धिराहाम र कुल खर्च ६९३६३ धिराहाम सहितको आयव्यय प्रस्तुत गरे । उनले कोषमा ३३६८ धिराहाम अक्षरेपी तीन हजार तीन सय अरसट्ठि धिराम रहेको जानकारी गराए । महासचिब डम्बर लिबाङद्वारा प्रस्तुत संगठनिक कार्य प्रतिबेदन अनुसार २०१७÷२०१९ कार्यकालमा नेपालमा विभिन्न रोगबाट पीडित बिरामीहरुको उपचारार्थ सहयोग, बिकास निर्माण र युएईबाट मानबीय उद्दार सहयोगको लागि कियाचु, युएईको पहलमा कुल रकम २२२९८ धिराहाम संस्थाले आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: