मदन भण्डारी स्पोर्टस् एकेडेमी अन्तिम चारमा - Sainokhabar

मदन भण्डारी स्पोर्टस् एकेडेमी अन्तिम चारमा

साइनो समचारदाता पथरी/ मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवललाई हराउदै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं अन्तिम चारमा प्रवेश गरेको छ ।


सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले स्तब्द बनाउँदै एकेडेमी सेमिफाइनल प्रबेश गरेको हो । एकेडेमीकातर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १÷१ गोल गरे । गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरेका हुन् ।
पहिलो हाफको १८ औं मिनेटमै दिपक राईको गोल मार्फत अग्रता लिएको गोर्खा ब्वाईजले ६ मिनेटमै गोल खान पुग्यो । खेलाडीले लय गुमाउँदा गोर्खा ब्वाईजले नतिजा विपक्षीलाई सुम्पिएर घर फर्किनु पर्यो । गोर्खाको सेमिफाइनल यात्रामा पूर्ण बिराम लाग्नुमा रक्षा पंक्ती र गोलरक्षक सोजित गुरुङको गल्ती देखियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको एकेडेमीले पनि जितका लागि निक्कै संघर्ष गर्नु प¥यो ।
गोर्खाका दीपक राईले १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजय धिमालले दिएको क्रस पासमा गोलरक्षक रोहित कार्की अगाडि बढेको मौका छोपेर बललाई भली गर्दै राईले दर्शनीय गोल गर्दा एकेडेमी दबाबमा प¥यो । तर गोर्खाको यो खुसी ६ मिनेट मै अन्त्य भयो ।
२४ औं मिनेटमा जवाफी गोल फर्काउँदै तपन कार्कीले खेललाई बराबरीमा ल्याएर एकेडेमीलाई खेलमा फर्काए । गोर्खाका रक्षा पंक्तीका खेलाडी अलमलमा परेको र गोलरक्षक सोजित गुरुङ अगाडि बढेको मौकामा उमेश कार्कीले दिएको क्रस पासलाई सदुपयोग गर्दै तपनले भली गरेर बललाई पोस्टको दिशा दिएका हुन् ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ७४ औं मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को गोल अन्तरमा लगेर आफ्नो टिमलाई जित नजिक पु¥याए । तपन कार्कीले मध्य भाग अघिबाट दिएको पासमा एक्लै अघि बढेका बुढाथोकीले वान भर्सेस वानको स्थितिमा बललाई जाली चुमाउँदा गोर्खा तनावमा प¥यो । ७९ मिनेटमा भुषण सुब्बाले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै एकेडेमीको जित निश्चित गर्दा गोर्खा निराश बन्यो ।अघि बढेका गोलरक्षक सोजित गुरुङले बललाई नियन्त्रणमा लिन नसक्दा खाली पोस्टमा २५ यार्ड टाढाबाट सुब्बाले गरेको प्रहारले पोस्टको बाटो लिएको थियो ।


८१ औं मिनेटमा दीपक राईले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पु¥याए पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन । राईले करिव ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एकेडेमीका गोलरक्षक रोहित कार्कीले ठिम्याउनसम्म पनि सकेनन् ।
दुवै टिमले गोल गर्नका लागि पाएका अरु केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् । ४ औं मिनेटमा एकेडेमीका तपन कार्कीले वान भर्सेस वानमा गरेको प्रहारलाई उत्कृष्ट ढंगले बचाउँदै गोर्खाका गोलरक्षक गुरुङले आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए । २७ औं मिनेटमा कार्कीको पासमा सुशन तामाङले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पनि गुरुङ बाधक बने ।६१ औं मिनेटमा भुषण सुब्बा पनि वान भर्सेस वानमै चुके ।
४३ औं मिनेटमा गौतम श्रेष्ठको कर्नर प्रहारमा सुशील लामाको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि गौर्खाले मध्यान्तर अघि दोस्रो गोल गर्न सकेन । ७२ औं मिनेटमा दीपक राईको पासमा भुवन बस्नेतको प्रहार क्रस बारमाथिबाट बाहिरिनु गोर्खाका लागि दुर्भाग्यपूर्ण बन्यो । ७८ औं मिनेटमा गोर्खाका दीपकको प्रहार रोक्दै गोलरक्षक गुरुङले खेललाई बराबरी हुन दिएनन् । उत्तम गुरुङको पासमा ८४ औं मिनेटमा दीपकले नै टाउकोले गरेको प्रहार पहिलो बार हुँदै बाहिरिएपछि गोर्खाको हार निश्चित बन्यो ।
प्रतियोगिता आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार सोमबारको खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित भएको बताए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this: