‘थात्थलो’ इलाममा प्रदर्शन - Sainokhabar

‘थात्थलो’ इलाममा प्रदर्शन

साइनो् समचारदाता

चुलाचुली (इलाम) । नेपाली कथानक चलचित्र ‘थात्थलो’ इलामको चुलाचुलीमा रुचाइएको छ । शुक्रबार चलचित्र श्री शिवज्योति आधारभूत विद्यालय चुलाचुली–२ हात्तीलेदामा दिउँसो र साँझ गरी दुई शो देखाइएको थियो ।

खगेन्द्र पन्धाक लिम्बुको लेखन तथा निर्देशनमा बनेको चलचित्र यस चलचित्रको मुख्य कलाकार कञ्चन थलङ र सुमी लिम्बु रहेका छन् । यस्तैगरी किशोर कुमार लिम्बु, सिता कुमारी लिम्बु, सन्जय लिम्बु, आयुस लिम्बुखिम, नविन सिरेङ चोङबाङ लिम्बु, साजन श्रेष्ठ, जोसन लिम्बु, निवा पन्धाक लिम्बु र अविनाश थलङको अभिनय रहेको छ ।

चुलाचुलीमा चलचित्र हेर्न आएका झापा दमकका निष्मा लिम्बुले चलचित्र एकदमै मौलिक बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्–‘मलाई चलचित्र एकदमै अर्गानिक लाग्यो, विशेषतः मलाई यस चलचित्रको कथा र लोकेसन राम्रो लाग्यो ।’ चलचित्रको छायांकन संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने चौकीगुफा आसपासमा गरिएको हो । चलचित्रलाई बीबी लिम्बु, नविन सिरेङ चोङबाङ लिम्बुले संयुक्त रुपमा खिचेका हुन् ।

यसैगरी चलचित्र हेरिसकेपछि मोडल बादल श्रेष्ठले पनि चलचित्रको तारिफ गर्न भ्याए । उनले भने – ‘मैले सोचेको भन्दा नि राम्रो बनेको रहेछ चलचित्र, दुई चार ठाउँमा मलाई कलाकारहरुको जीवन्त अभिनयले रुवायो । त्यसैले मलाई यो चलचित्र उत्कृष्ट लाग्यो ।’ चलचित्रको प्रदर्शन स्थलमा कलाकार कन्चन थलङ र निर्माता सिता कुमारी तुम्वापोको उपस्थिति रहेको थियो । यो चलचित्र हङकङ, युके र नेपालको पाँचथर, तेह्रथुम, जिरीखिम्ती लगायतका पहाडी जिल्लाहरुमा प्रदर्शन भइसकेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: