संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकताः सभामुख - Sainokhabar

संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकताः सभामुख

साइनो समचारदाता

विराटनगर । प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवंम् आपसी सद्भाव कायम हुन सकोस भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार शुभकामना बक्तव्य जारी गर्दै सभामुख भण्डारीले संविधान दिवसको अवसरमा सम्वृद्ध राष्ट्र निर्माणको अभिभारालाई साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सबै प्रदेशवासीलाई आग्रह गरेका छन् । आफ्नो संविधान आफुद्धारा निर्वा्चित जनप्रतिनिधिबाट निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पूरा भएको बताउँदै उनले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका निमित्त विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलन, संघर्षहरुमा त्याग र वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूलाई स्मरण गरेका छन् । शुभकामना भनिएको छ, ‘ऐतिहासिक उपलब्धिका रुपमा जनप्रतिनिधि मार्फत जनसहभागितामुलक प्रक्रियाद्धारा संविधानसभाबाट जारी संविधानको पूर्ण कार्यान्वयन आजको महत्वपूर्ण आवश्यकता रहेको छ ।’

सम्बन्धित खवर

%d bloggers like this: