प्राङगारिक खेती बारेमा अन्तरक्रिया - Sainokhabar

प्राङगारिक खेती बारेमा अन्तरक्रिया

साइनो समचारदाता

चुलाचुली(इलाम) । उचित जैबिक उधोग प्रालि पथरीशनिश्चरे, मोरङको प्राविधिक सहयोगमा इलामको दक्षिणी चुलाचुली गाउँपालिकाले पहिलो पटक प्राङगारिक खेती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विहीबार गाउँपालिका कार्यालयमा भएको कार्यक्रममा उचित जैबिक उधोगका प्रोपाइटर कृष्ण महर्जनले उचित जैबिक उधोेगका उत्पादन, प्रयोग बिधि र मात्राहरूबारे प्रष्ट पारेका थिए । उधोगका व्यवस्थापक असोक राईले आफ्नै उधोगबाट उत्पादन गरेको चार वटा जैबिक उत्पादन मध्ये उचित पौष्टिक आहार, उचित जैबिक मल, उचित ग्रीन पावर, उचित प्लान्ट गार्ड बारे जानकारी गराएका थिए । कार्यक्रममा ओम नाराण खनाल, राजेन्द्र केरूङ, सुकबहादुर लावती, सन्तोस तुम्बापो, वडा नं. १ वडा अध्यक्ष पुर्ण लावती, वडा नं. २ का रण बहादुर लिम्बु, वडा नं.३ का नर बहादुर लावती, गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, केसाङ जैबिक आर्गा्निक फर्मका उधमी गौरी फागोलगायतले शुभकामना मन्तव्य बोलेका थिए ।
एक सय जना कृषकहरूको उपस्थिति रहेको कार्यक्रम चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षत्वमा सम्पन भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: