तिम्ल्याहा सन्तान हेर्न नगर प्रमुख उपप्रमुख पुगे पछि - Sainokhabar

तिम्ल्याहा सन्तान हेर्न नगर प्रमुख उपप्रमुख पुगे पछि

साईनो समचारदाता पथरी/ भदै २६ गते मोरङको नोवेल अस्पतालमा तिम्ल्याहा सन्तानलाई शकुसल जन्म दिएकी पथरी शनिश्चरेकी भगवती खड्का कार्की र नवजात शिुशुलाई नगरले भेटघाट गरी शुभकामना दिएको छ । मेयर र उपमेयर सहितको नगरपालिकाका जनप्रतिनिधीले सुत्केरी समाग्री, लताकपडा र बेबि सेट उपहार दिदै शिशुकी आमा भगवतीलाई बधाई तथा शुभकामना दिनु भएको छ । नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले आज कार्की र उहाँका तिम्ल्याहा सन्तानलाई भेटी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । नगर प्रमुख दिलिप कुमार राई र उपप्रमुख यमुना बिष्ट बास्तोलाको यो कार्यले नगर उहाँहरु समेत प्रसंसाको पात्र बन्नु भएको छ ।

नोवेल अस्पतालमा तिम्ल्या बच्चा जन्मीएको खवर पाए संगै पुर्वेली न्यूजका सम्पादक नरेन्द्र बस्नेतले पहिलोपटक समचार संप्रेसण गनु भएको थियो । पुर्वेली न्यूजमा समचार आए संगै यो समचार सामाजिक संजालमा भाईरल भएको छ ।

भगवतीले ३ सन्तानको जन्म दिए संगै उनको माईती, घर परिवारमा खुशी छाएको छ भने बैदेशिक रोजगारमा रहेका बाबुलाई समेत बधाई र शुभकामनाको बर्षा भएको छ । यता उनि अध्यानरत पथरीबहुमुखी क्याम्पले समेत भगवतीलाई बधाई तथा शुभकामना दिएको छ । क्याम्पस प्रमुख चेतन पौडे्लका अनुसार चाडै उनलाई भेटघाट गर्ने तयारी रहेको बताउनु भयो । आमा र शिुशुहरुको अवस्था सामान्य रहेको छ । भगवतीले पहिलो पटक २ छोरी र १ छोरा गरी ३ सन्तानको जन्म दिनु भएको ।

सम्बन्धित खवर

%d bloggers like this: