तिम्ल्या सन्तान हेर्न उपमेयर, नगरको गरिमा राखेकी भगवतीलाई सम्मान हुने - Sainokhabar

तिम्ल्या सन्तान हेर्न उपमेयर, नगरको गरिमा राखेकी भगवतीलाई सम्मान हुने

साइनो समचारदाता पथरी / मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का कार्कीले ३ सन्तानलाई जन्म दिएकी छिन । कार्कीले २६ गते बिहिबारका दिन पहिलो पटक ३ सन्तान जन्माएकी हुन । पथरीशनिश्चरेमा यो तिम्ल्या सन्तान हुने परिवार दोस्रो हो । आज भन्दा १०/१२ बर्ष अघि एक परिवारले पनि जन्म दिएको थियो । पथरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्यायन गदै गरेकी कार्कीका श्रीमान बैदेशीक रोजगार कतारमा रहेका छन । नगर भित्र ३ वटा जन्माएर नगरको नाम उच्च राखेको भन्दै उपमेयर यमुना बिष्ट बास्तोलाले बधाई तथा शुभकामना दिनु भएको छ । उहाले चाडै भेटघाट गर्ने भन्दै नगरबाट हुन सक्ने सम्मान गर्ने पनि बताउनु भएको छ । नगरको गरिमा राखेकी भगवतीलाई सम्मान गर्ने बताउनु भएको छ । त्यस्तै उनि अध्यानरत क्याम्पसले समेत उनको स्वास्थ लाभको कामना सहित शुभकामना दिएको छ । क्याम्पस प्रमुख चेतन पौडे्लका अनुसार उपहार लिएर भेटघाट गर्ने तयारी रहेको बताए । पौडे्लले भने “उनको तिन सन्तानको जन्मले नगर र क्याम्पसको समेत नाम जोडिएर उच्च भएको छ त्यसैले क्याम्पसले उन लागि केहि कार्यक्रम राख्ने योजना गर्ने छ” ।

कार्कीले २ छोरी र एक छोरा गरी ३ सन्तान जन्म दिए पछि उनको माईती मोरङको मंगलबारेमा समेत हर्सउल्लास छाएको  छ । ३ सन्तानको आगमनले परिवारमा खुशी छाएको उनका काका पत्रकार कुमार खड्काले जानकारी दिए । खुशी हुदै पत्रकार खड्काले भने “हाम्रो परिवारमा कहि कसैमा नभएको यस्तो तिम्ल्या जन्म भएकाले हामी दुबैको परिवारमा खुशीको सिमा नै छैन ।”

कार्कीको घरमा तिम्ल्या सन्तान हेर्नेको भिड लागेको छ । नवजात शिसु र आमाको स्वास्थ्य अबस्था समेत सकुशल रहेको छ । कमैको भाग्यमा हुने तिम्ल्या नानि पेटमा आए देखिनै भगवतीले नोवेल अस्पतालकी गाईनो डाक्टर शान्ती सुवेर्दीको सल्लाह अनुसार उपचार गर्दै आएकी थिन । हाल बच्चा र आमाको स्वास्थ अवस्था राम्रै रहेकाले सोमबार नै उनिलाई डिस्चार्ज पनि दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: