तीन सन्तानको जन्म - Sainokhabar

तीन सन्तानको जन्म

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का कार्कीले ३ सन्तानलाई जन्म दिएकी छिन । कार्कीले २६ गते बिहिबारका दिन पहिलो पटक ३ सन्तान जन्माएकी हुन । कार्कीले २ छोरी र एक छोरा गरी ३ सन्तान जन्म दिए पछि उनको माईती मोरङको मंगलबारेमा समेत हर्सउल्लास छाएको उनका काका पत्रकार कुमार खड्काले जानकारी दिए । खुशी हुदै पत्रकार खड्काले भने “हाम्रो परिवारमा कहि कसैमा नभएको यस्तो तिम्ल्या जन्म भएकाले हामी दुबैको परिवारमा खुशीको सिमा नै छैन ।”

कार्कीको घरमा तिम्ल्या सन्तान हेर्नेको भिड लागेको छ । नवजात शिसु र आमाको स्वास्थ्य अबस्था समेत सकुशल रहेको छ । पथरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्यायन गदै गरेकी कार्कीका श्रीमान बैदेशीक रोजगार कतारमा रहेका छन । कमैको भाग्यमा हुने तिम्या नानि पेटमा आए देखिनै भगवतीले नोवेल अस्पतालकी गाईनो डाक्टर शान्ती सुवेर्दीको सल्लाह अनुसार उपचार गर्दै आएकी थिन । हाल बच्चा र आमाको स्वास्थ अवस्था राम्रै रहेकाले सोमबार नै उनिलाई डिस्चार्ज पनि दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: