प्रसनिसँगै रहेका पालिका अध्यक्षमाथि गोली प्रहार - Sainokhabar

प्रसनिसँगै रहेका पालिका अध्यक्षमाथि गोली प्रहार

साइनो समचारदाता

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि दुई अज्ञात व्यक्तिले गोली प्रहार गरिएको छ । शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै थिए । साउद कुशलै छन् ।

आइतबार साँझ ँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा साउदलाई गोली हानेका हुन् । गाउँपालिकाको कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका साउले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाए ।

सम्बन्धित खवर

%d bloggers like this: