खुल्यो मलेसियामा रोजगारी - Sainokhabar

खुल्यो मलेसियामा रोजगारी

साइनो समचारदाता

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधन मन्त्री एमकुला सेगरन श्रम समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेसँगै गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसिया खुलेको छ । विहीबार नेपाल र मलेसियाका अधिकारीहरुबीच भएको सहमतिअनुसार आइतबारबाट मलेसिया खुलेको हो । मलेसियाको रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटरमा लेखेका छन् ।

फाइल फोटो

मलेसिया जाने नेपाली आर्थिक भारमा परेको भन्दै सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज गरी १५ महिनादेखि मलेसिया जान रोक लगाएको थियो । नेपाली कामदारले सोही श्रम सम्झौताअनुसारको सेवा सुविधा पाउने गरी दुई देश बीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हो । अब विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी लाग्नेछैन । करार अवधि २ वर्षको कायम गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलव, भत्ता एवं सुविधा पाउनेछन् । सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । त्यस्तै नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ । महिला कामदारको सम्वन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने व्यवस्था गरिएको छ । कामदार र रोजगारदाताबीच श्रम सम्वन्धी कुनै विषयमा विवाद भई सम्वन्धित निकायमा मुद्दा विचारणीय रहेसम्मका लागि मलेसिया बस्न पाउने पनि सहमति भएको छ । मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्यहरु (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरी)को मृत्यू भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइएको छ । रोजगारका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने, कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्ने, कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा पनि लागू हुने सम्झौतामा उल्लेख छ ।
गत कार्तिकमा मलेसिया र नेपाल सरकारबीच नयाँ श्रम सम्झौता पनि भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: