कृषि क्षेत्रको प्रवद्र्धनमा जोड’ - Sainokhabar

कृषि क्षेत्रको प्रवद्र्धनमा जोड’

साइनो समचारदाता

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा भदौ २५ गते त्रियुगा उद्योग वाणिज्य संघ, गाइघाटमा कृषि क्षेत्रको प्रवद्र्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्य कारिणी सदस्य एवं सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिका सदस्य अविनाश बोहराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेश नं. १ मा कृषि क्षेत्रको प्रवद्र्धन र लगानीका अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । धरातलीय तथा हावापानीको विविधताका आधारमा सम्भावनाहरु खोजी गरी कृषिलाई प्रतिस्पर्धी क्षेत्रका रुपमा विकास गरी व्यवसायीकरण र औद्योगिकरण गरी गरीबि न्यूनिकरण र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको अविनाश बोहराले वताउंदै यस बाट खाद्य तथा अन्य कृषि वस्तुहरुको आयात प्रतिस्थापन तथा उच्च मूल्यका कृषि उपजको निर्यातमार्फत् व्यापार घाटा न्यूनिकरण गर्न सकिने उल्लेख गरेका छन् । कार्यक्रममा सहभागी उद्यमी, व्यवसायी तथा कृषकहरुले गाइघाट, कटारी र बेलका नगरपालिका बजार क्षेत्रमा आलु, ताजा तरकारी र फलफुल लक्षित शीत भण्डारण गृहहरु निर्माण तथा सार्वजनिक नीजि सहकारी सहकार्यमा सञ्चालन गर्नु पर्ने, बेसार, तेजपात÷सिन्कौली, खसीबाख्रा, ताजा तरकारी, पूmलखेती, जुसका लागि उखु, तथा कृषि पर्यटनको व्यवसायिक उत्पादन तथा निर्यात प्रवद्र्धनमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको, व्यवसायिक खरायो पालनका लागि नीतिगत रुपमा सम्बोधन गरिनु पर्ने, वैदेशिक रोजगारी बाट प्राप्त रकमलाई व्यवसायिक कृषिउत्पादनतर्फ आकर्षित तथा प्रोत्साहन गर्न सुलभ र सहज रुपमा कृषि ऋणको उपलब्धता हुनु पर्ने जोड दिएका छन् । उदयपुरमा ३ बि अर्थात् बाख्रा, बाँस र बेसारको सम्भावना बढी रहेको बताइएको छ । अदुवा, डेरी तथा माछाका क्षेत्रमा समेत उदयपुर जिल्लामा सम्भावना रहेको, कृषि क्षेत्रलाई मुनाफामूलक दिगो व्यवसायका रुपमा विकास गर्नु पर्नेमा जनाइएको छ । जार माग र मापदण्ड अनुरुप आवश्यक परिमाणका कृषि उपजको उत्पादन तथा बजारीकरणमा खाँचो रहेको सहभागीहरुले औल्याए ।

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघ, वेल्टार बसाहा उद्योग वाणिज्य, बेलका उद्योग वाणिज्य संघ, उदयपुर गढी उद्योग वाणिज्य संघ, रौता उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, कृषि व्यवसायमा संलग्न व्यवसायी तथा कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: