पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ सार्वजनिक (भिडियो सहित) - Sainokhabar

पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ सार्वजनिक (भिडियो सहित)

साइनो समचारदाता

काठमाडौँ । गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ डिजिटल बजारमा आएको छ । बुढेशकालमा आउने शारीरिक समस्यापछि परिवारमा भोग्नु परेको पीडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।

गाएक पौडेलले एक दर्जन भन्दा बढी आधुनिक तथा लोक गीतमा स्वर दिइसकेका छन् । राज के.सी.को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञान माला) र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाई, सम्पादन प्रकाश एस.के र श्रृगार कविता तोलाङ्गीले गरेका छन् । स्थायी डिजिटल स्टुडियोमा रेर्क्डिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर.एम फिल्मसको रहेको म्युजिक भिडियो डि.ए.आर. मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: