अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता - Sainokhabar

अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता

साइनो समचारदाता

पथरी । प्याव्सन नगर समिति पथरीशनिश्चरेले ‘अन्तर विद्यालय अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता–२०७६’ शनिबार सम्पन्न गरेको छ ।

नगरपालिकाको वडा नं. १० स्थित अरुणोदय माविको प्राङ्गणमा पथरी शनिश्चरे भित्रका प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । एकल गायनतर्फ एभरेष्ट माविका राज लोहार प्रथम भए । यस्तै दोस्रो रेडस्टार माविकी अञ्जली लिम्बु, तेस्रो सुपर्ब मोडल इङ्लिस बोडिङ स्कुलकी सुजता अछामी र सान्तवना केबी मेमोरियलकी राधिका कार्की भइन् । यस्तै सिनियर लोक नृत्यतर्फ प्रथम रेडस्टार मावि, दोस्रो प्याराडाइज, तेस्रो एभरेष्ट, सान्तवना भूपू सैनिकले बाजी मार्यो । जुनियर लोक नृत्यतर्फ भने वाल्मीकि मावि प्रथम, रेडस्टार मावि दोस्रो, अन्नपूर्ण मावि तेस्रो र सान्तवना अरुणोदय माविले स्थान सुरक्षित गरे ।
यसैगरी सोही कार्यक्रम अन्र्तगत शुक्रबार एभरेष्ट माविको सभा हलमा भएको अंग्रेजी हिज्जे प्रतियोगितामा अरुणोदय माविले प्रथम स्थान हासिल ग¥यो । क्रमशः दोस्रो अन्नपूर्ण, तेस्रो वाल्मीकि र सान्तवना पुरस्कार एभरेष्ट माविले हात पा¥यो । प्रतियोगीता उत्कृष्ट हुने सहभागीहरुलाई प्रमुख अतिथि पथरीशनिश्चरे नगरका उपमेयर यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि व्याव्सनका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सितला सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: