कविताः बिश्वास देउ, तिमीलाई प्राण दिन्छु - Sainokhabar

कविताः बिश्वास देउ, तिमीलाई प्राण दिन्छु

मलाई प्यारो लाग्छ बिश्वास
किनकी मैले तिमी भित्र म देखेको छु
तिमी भित्र म देख्नुनै सायद मेरो तिमी प्रति अपार बिश्वास होला ।

यदि तिम्रो आँखामा कालो पट्टी बाधिएको छ भने तिमी प्रमाण खोज्ने छौ
मसंग ठोस प्रमाण त नहोला तर तिमी दुखी हुदा किन यो मन भारी हुन्छ ?
तिमी पीडा बोध गरिरहदा
मलाई किन मृत्यु शैयामा
मृत्युसंग पौठे जोरी खेली रहेको
कुनै अपरिचित ब्यक्ति जस्तो महसुस हुन्छ ?
किन होला तिमी र म बिच बिश्वासले यति बिघ्न नजर डुलाएको
उसका नजरहरु प्रति नै मलाई अविस्वास बढन थालेको छ
कतै हामीबीच बिश्वासको नकाप लाएर कतै अविस्वासको चलखेल त छैन ।

चौतारीको त्यो बूढो बरपिपलको एक अर्का प्रतिको बिश्वास कति अटुट अपार
बरको काखैमा बटुवा लडिबडी खेल्दा पनि पिपलले कहिले गुनासो गरेन
तर त्यही बटुवा भन्छ बरको हागा झरेर मलाई लाग्न सक्छ
बटुवाको वर प्रती कति अविस्वास
जस्ले सितलाता दियो, थकान मार्ने काख दियो
त्यसैले बिश्वास र अबिस्वासको अन्तरसंघर्ष जारी छ ।
महादेवले विष पान गरे जस्तो
म सबै दुःख, कष्ट सहन तयार छु
मेरो भागको सानो खुशी पनि तिम्रो नाममा चडाउला
तर हाम्रो बिश्वास माथि अबिस्वासले नजर उठाउने कु(चेष्टा नगरोस ।
मलाई बिस्वास देउ, म तिमीलाई प्राण दिन्छु ।

सम्बन्धित खवर

%d bloggers like this: