सर्वोच्चले किन रोक्यो, एमबिबिएसको प्रवेश ? - Sainokhabar

सर्वोच्चले किन रोक्यो, एमबिबिएसको प्रवेश ?

साइनो समचारदाता

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको तय भएको एमबिबिएस प्रवेश परीक्षा रोकिदिएको छ ।

चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै आयुष ओझासमेतल हालेको रिट उपर हिजो अदालतले आज हुने भनिएको परीक्षा रोकिदिएको हो । रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । भदौ २५ गते छलफलका लागि दुबै पक्षलाई अदालतले बोलाएको छ । एमबिबिएस तहको परीक्षा सञ्चालन नगरी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी दुबै पक्षलाई छलफलको भदौ २५ गते बोलाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: