परदेशी दिदीको सम्झनामा तीज मनाउँदै वडाध्यक्ष तामाङ - Sainokhabar

परदेशी दिदीको सम्झनामा तीज मनाउँदै वडाध्यक्ष तामाङ

साइनो समचारदाता पथरी / मोरङ्गको पथरी शनिश्चरे वडा नम्बर ६ का महिला दिदीबहिनीहरुले सामुहिक तीज मनाएका छन् । पथरी शनिश्चरे वडा नम्बर ६ का वडा अध्यक्ष जय बहादुर तामाङ्गले वडाका दिदीबहिनीहरुलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा दिदीबहिनीले दुख तथा सुख साटासाट गरि तीज मनाएका हुन् ।

कार्यक्रममा दर खादै वडाका अधिकांश महिलाहरु सामुहिक नृत्य गरेका थिए । वडाको तीज विशेष कार्यक्रममा बोल्दै आफ्नो दिदी वैवाहिक जीवन परदेश (जापान) मा रहेको स्मरण गर्दै वडाका चेलीहरुसँग आफ्नो दिदीको तृष्णा भुलाउन तीज कार्यक्रमको आयोजना गराएको अध्यक्ष तामाङले बताए । कार्यक्रममा तामाङको वडाबासी र चेलिबेटी प्रतिको सद्धभाव देखेर महिला दिदीबहिनीहरु केही क्षण स्तब्ध बनाएका थियो । वडाको अभिभावक आफू भएको बताउदै वडाका सम्पुर्ण नागरिकको सुखदुःखमा सरिक हुनु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष तामाङ्गले चाडपर्व र खुसीको माहोलमा मात्र नभै वडाबासीको हरेक पीडामा मलम लगाउन उपस्थित भएको स्मरण गरे । महिला दिदी बहिनीको उलेख्नीय उपस्थित रहेको कार्यक्रममा स्थानीय समाज सेवी दाजुभाइको समेत उपस्थिति रहेको थियो भने उत्कृष्ट नृत्य समूहलाई पुरस्कृत समेत गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: