प्रेमलाई केरुङ स्मृति गजल पुरस्कार - Sainokhabar

प्रेमलाई केरुङ स्मृति गजल पुरस्कार

साइनो समचारदाता

पान्थर । जिल्लाको फेदेनमा सातौं ऐतराज केरुङ गजल पुरस्कारद्वारा कवि तथा गजलकार प्रेम ओझा पुरस्कृत भएका छन ।

शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले वितरण गरेका थिए । पाँचथर गजल मञ्चले वार्षिक रुपले वितरण गर्दै आएको गजल पुरस्कार पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ, लेखक सागर केरुङ, बिष्णुमाया आङ्देम्बे, छोराहरु बिमल, बीरबल, सागर, मधु र छोरीहरु निर्मला, गंगा, रोनीलगायत स–परिवारले आफ्ना दिवांगत पिताको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारको राशी सम्मान–पत्र सहित पाँच हजार पाँच सय ५५ रुपैंयाँ रहेको छ । कार्यक्रमसंगै १५४ औं मोतीजयन्तीको अवसरमा “नेपाली गजल लेखनः हिजो,आज भोलि“ बिमर्श र शब्द श्रृङ्खला–८ बिशेष गजल वाचन श्रृङ्खला समेत सम्पन्न भएको छ । बहसमा सह(प्राध्यापक लक्ष्मी ढुंगाना, कवि सगुन सुसारा र मधु केरुङ थिए भने राज दिलाञ्जलीले सहजीकरण गरेका थिए । गजल मेहेफिलमा तिर्थकुमारी वाइबा, राधा स्मृति, रेशन त्यागी, गजेन दासी, अनिल त्रीखत्री, नारायण तुम्बापो, गणेस साम्पाङ र बिनोद चौहान रहेका थिए । कार्यक्रममा गजलकार धनपति कङगालको गजल कृति “कलमको युद्ध“ समेत विमोचन गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: