भदौ २३ गते पथरीमा ‘कथा औशीको’ प्रदर्शन हुने - Sainokhabar

भदौ २३ गते पथरीमा ‘कथा औशीको’ प्रदर्शन हुने

साइनो समचारदाता

पथरी । नेपाली कथानक चलचित्र ‘कथा औशीको’ भदौ २३ गते गोर्खा डिपार्टमेन्ड स्टोर पथरी शनिश्चरे, मोरङमा प्रदर्शन हुने भएको छ । शुक्रबार साइनो खबरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फिल्मका प्रमुख सहायक निर्देशक तथा कथा लेखक मौसम परिवर्तन याक्थुङबाले प्रदर्शन बारे जानकारी गराएको हो । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्म दिउसो ११ बजे प्रदर्शन हुदैछ ।

चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ । मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रमा मंगल सिंह लिम्बु विशाल कार्यकारी निर्माता, किशोर सिंह लिम्बु निर्माता रहेको फिल्मको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् । नेपाली समाजमा औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक याक्थुङ्बाले बताएका छन् । फिल्म करिब २२ लाखको लागतमा निर्माण भएको हो । फिल्मको साता अघि हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: