अन्जु खड्का मृत्यु प्रकरण ः इप्रका पथरीद्वारा आरोपित तीन जना इ्रप्रका पथरीद्धारा पक्राउ - Sainokhabar

अन्जु खड्का मृत्यु प्रकरण ः इप्रका पथरीद्वारा आरोपित तीन जना इ्रप्रका पथरीद्धारा पक्राउ


पथरी । मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि प्रहरीले ४ गते बुधबार उनहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ बस्ने ४१ वर्षिय कुमार अधिकारी र ३२ बर्षय कविता अधिकारी र सुन्दरहरैचा –९ बस्ने २६ बर्षय मुना दाहाललाई पथरी प्रहरीले पक्राउ गरेको हो ।

मृतकको पती गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि प्रहरीले ४ गते बुधबार उनहरुलाई पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत वडा नं. ७, स्थित कानेपोखरी पूर्व कृर्षी मार्ग विहिबारे जानेबाटोको राजमार्गदेखि दुईसय मिटर दक्षिण गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो । शुरुमा आत्महत्या गरेको भन्दै पोष्टमार्टम गरे पनि मृतकको पतिले विदेशबाट आई हत्या गरेको हो भन्दै उजुरी दिए पछि उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मी अधिकारीले बताए । पक्राउ गरिएकोलाई विहिबार म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ । आरोपीत मध्येका कुमार अधिकारी हार्डवर व्यापारी हुन भने र अन्य दुईजना आरोपीत भने मृतक अन्जुकोमा आउने जाने नजिक देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको पथरी प्रहरीले बताएका छ ।

सम्बन्धित खवर

%d bloggers like this: