९ अग्रज पत्रकारलाई सम्मान - Sainokhabar

९ अग्रज पत्रकारलाई सम्मान

साइनो समचारदाता

उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा ९ जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

साउन ३० गते महाधिबेशनको उद्घाटन सत्रमा मुख्यमन्त्री शेरधन राईले दोसल्ला सहित सम्मन पत्रले सम्मान गरेका हुन् । उनीहरुलाई पत्रकारिताको क्षेत्रबाट समुदायमा र्पुयाएको योगदानको कदर गर्दै नगद ५ हजारसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा उदयपुरका अग्रज पत्रकार कौशल चेम्जोङ र महेश्वर चाम्लिङ, सुनसरीका हर्ष सुब्बा, याम प्रधान र गोपाल देवान, धनकुटाका विजय सन्तोषी राई र संजय सन्तोषी राई, झापाका रमेश समदर्शी र इलामका सटेन्द्र जवुगू रहेका छ्न ।

सम्बन्धित खवर

%d bloggers like this: