अमेरिकामा पनि ‘पुरानो बुलेट’ प्रदर्शन हुने - Sainokhabar

अमेरिकामा पनि ‘पुरानो बुलेट’ प्रदर्शन हुने

साइनो समचारदाता

पथरी । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको ठेट नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ का दिन प्रदर्शन हुनेभएको हो ।

आर.एण्ड बी. ग्लोबल म्यानेजमेन्ट आई.एन.सी.का राजेन्द्र राई, बिजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएको हो । चलचित्रलाई १०ः३० र १ः३० गरेर दुई शो देखाइने आयोजकका राजेन्द्र राईले जानकारी दिएका छन् । सञ्चारकर्मी भीषण राईले निर्देशन गरेको चलचत्रि ‘पुरानो बुलेट’मा नायक अनुपक्रिम शाही मुख्य लिड रोलमा छन् भने उनलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै अन्य कलाकारहरुमा चर्चित व्याण्ड द एक्सका भोकलिष्ट शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायत रहेका छन् । चलचित्रलाई विरेन साम्बा, टिकाराम राई, अशोक कुमार राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई हङकङ, कोरिया र जापानमा पदर्शन हुंदा त्यहाँका दर्शकहरुले अत्यधिक मन पराएका छन् । चलचित्र भर्खरै धरानको गोर्खा सिनेप्लेक्समा च्यारिटी शो गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: