कुम्मायक गाउँपालिकामा प्राइम अभिकर्ता तालिम - Sainokhabar

कुम्मायक गाउँपालिकामा प्राइम अभिकर्ता तालिम

साइनो समचारदाता

पान्थर । पाँचथरको कुम्मायक गाउँपालिका मा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोअभिकर्ता तालिम सम्पन्नभएकोछ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा पाँचथरको आयोजनामा उक्तअभिकर्ता तालिम सम्पन्न भएको हो । शुन्य वा तीन बिचार गरौ एकै छिन भन्ने मुल मन्त्र लिई बि.सं.२०६५ सालमा स्थापित प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बर्तमान समय सम्ममा ११ बर्षको दाउरानमा बिमा बजार क्षेत्रमा आफ्नो विभिन्न नयाँ जीवन बिमा योजनाहरु ल्याई आफ्नो छुट्टै उत्कृष्ट स्थान बनाउन सफल भएको छ। कुम्मायक गाउँपालिकालाई मुख्य लक्षित गरि अभिकर्ता तालिम संचालन गरिएकोमा रानिगाउँ, यासोक, स्याबरुम्बा र माङ्जाबुङ गरि करिब ३० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । बचत, जीवन सुरक्षा र कर लाभ सहित आफ्नो उज्ज्वल भबिष्य, आर्थिक बचत र सामाजिक सुरक्षाको लागि आफ्नो अमुल्य जिवनको जोखिम न्यूनीकरण गर्न एउटा सभ्य नागरिकको हैसियतले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा नै जीवन बिमा गर्नुपर्ने कुरा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा पाँचथरका संस्थापक प्रबर्दक तथा अभिकर्ता गणेश कुमार चेम्जोङले बताए । उक्त अभिकर्ता तालिमको प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक प्राइम लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड पाँचथरका शाखा प्रबन्ध दिनेश श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए । प्राइम जीवन बिमा कम्पनिको स्थापना समय देखि बर्तमान समयसम्मको आमूल उपलब्धिको अबगत गराउँदै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अरु बिमा कम्पनीहरुभन्दा पनि नेपाली बिमा बजारमा अब्बल रहेको बताए । शाखा पाँचथरबाट चाडै कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा पनि उपशाखा असोज महिना भित्र नै सन्चालन हुने बताए । कार्यक्रम संस्थापक अभिकर्ता गणेश कुमार चेम्जोङ, सिनियर एफ.आर. टेकेन्द्र चेम्जोङ, बिजिनेश अफिसर नरेन्द्र पन्धाकको उपस्थिति रहेको थियो । बिजिनेश अफिसर सुजन सम्बाहाम्फेको कार्यक्रम संचालनमा भएको अभिकर्ता तालिम प्रभाबकारी रुपमा सम्पन्न भएको अभिकर्ता पदम दुखी सम्बाहाम्फेले जनाए ।

सम्बन्धित खवर

%d bloggers like this: