’कुचो बोक्ने हातहरूलाई सलाम’ - Sainokhabar

’कुचो बोक्ने हातहरूलाई सलाम’

अमित याक्थुङ्बा मिहाङ

’इतिहास, उत्पत्ति र सँस्कृतिको ज्ञान नभएका मानिस भनेका जराबिनाका रूख मात्रै हुन् ।’

 

सङ्घीयताभित्र पहिचानको मुद्दा । पहिचानमा लिम्बुवान आन्दोलनको भूमिका । र, लिम्बुवानको भूगोलमा विजयपुरको स्थान । यी तीन कडीहरूलाई बुझ्नेले स्वतस् आजको दिन अर्थात साउन २२ लाई बुझ्दछ ।

लिम्बुवान राष्ट्रको स्वतन्त्रता गुम्दै गोरखाली साम्राज्यअन्तर्गत स्वायत्ततामा सीमित भएको भूगोल लिम्बुवानले १८३१ साउन २२ देखि आजको दिनसम्म तम्मर खोलाको बहावभन्दा बढी आरोह अवरोह बेहोर्याे । तथापि, लिम्बुवान आन्दोलन सुस्तजस्तो देखिए पनि निदाएको भने छैन । विजयपुर जस्तो माटोमुनि दबिएको इतिहास रहुञ्जेल लिम्बुवान आन्दोलन सदा सर्वदा अघि बढिरहनेछ ।

पछिल्लो समय ऐतिहासिक विजयपुर गढीमाथि आक्रमण नभएको होइन । विजयपुरको महत्तालाई लिएर उत्पीडित समुदाय जति संवेदनशील छ । शासक वर्ग पनि उति नै सचेत पनि । विकासे राजनीतिको सूत्र लिएर उसले लिम्बुवानको चो?लुङ ढाल्न नखोजेको होइन । तर, सबैभन्दा साहसी जनता बसेको लिम्बुवानले प्रतिकार गरेरै छाड्यो ।

विजयपुर दरबार परिसर बचाउ आन्दोलनमा युवा पङ्क्तिहरूको उल्लेख्य र निर्णायक भूमिका रह्यो । खासगरी, गर्व गर्न लायक सङ्गठन लिम्बु विद्यार्थी मञ्चले जुन सुझबुझका साथ अडान राख्यो । त्यो ऐतिहासिक मात्रै नभई अनुकरणीय रह्यो । राज्यले बेपर्वाह गरेको समय विजयपुर स्तम्भ खडा गरेर, विजयपुरबारे पहिलोपटक खँदिलो अन्तरक्रिया चलाएर, बुद्धिजीवी र नेताहरूलाई इतिहास संरक्षणको मामिलामा एक ठाउँ उभ्याएर, साँस्कृतिक अतिक्रमणविरूद्ध उभिएर, डोजर आतङ्कलाई निस्तेज पारेर मञ्चले सयौँ जूनीमा गर्न नसकिने कामहरू गरेको छ ।

इतिहास सुनको अक्षरले लेखिन्छ लेखिन्दैन । तर, मञ्चको नाम निसन्देह इतिहासको ढुङ्गामा गहिरो गरी खोपिनेछ ।

नमन ती पहिचान, अस्तित्व र आत्मसम्मानका लागि कुचो बोकेर विजयपुर दरबार परिसर छिरेका हातहरूलाई !!!

सम्बन्धित खवर

%d bloggers like this: