सबै टिभीमा युटुव बाड्दै वर्ल्ड लिंक - Sainokhabar

सबै टिभीमा युटुव बाड्दै वर्ल्ड लिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ‘हरेक टिभीमा यूटुव’ योजना ल्याएको छ । यस योजना अन्र्तरगत अब हरेक मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आएका ग्राहकहरुका लागि नन स्मार्ट र सि आर टि टिभी मा पनि युटुव सेवा उपलब्ध गराउने भएको छ ।


कम्पनिले नेट चलाउदै आएका ग्राहकको सुबिधाको लागि सेट अप बक्सद्धारा स्मार्ट टिभीमा युटुव सुबिधा दिदै आएको थियो भने अब उक्त सेवा नन स्मार्ट र सिआटी टिभीमा पनि ल्याएको हो ।

वर्ल्ड लिंकका पुराना प्रयोगकर्ताहरुले उक्त सेवा सुचार गर्न नयाँ प्रिमियम सेटअप बक्स जडान गर्नु पर्ने छ । कम्पनिले पुराना ग्राहकका लागि नजिकै रहेको वर्ल्ड लिंकको शाखामा निशुल्क साट्ने ब्यावस्था गरेको छ । उक्त सेवा नेपाल भर गुणस्तरीय तथा सस्तो मुल्यमा सबै नेपालीको पहुचमा पुर्याउने उदेश्यले सेवा सुविधा बढाउदै लगेको वर्ल्ड लिंक दमक शाखाका प्रमुख राजन तिम्सीनाले वताएका छन् ।

वर्ल्ड लिंकले संचालनमा ल्याएको नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरुको सेवा दिदै आएको छ । ग्राहकहरुको सुविधाका लागि टिभी च्यानलका कार्यक्रम मात्र नभई आपूलाई मनपर्ने कार्यक्रमहरु बिना झन्झटनै यूटुव च्यानल मार्फत हेर्न सकिन्ने छ ।

कम्पनिका अनुसार अब युटुव स्किनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्ने प्रविधि छ भने नेट टिभीबाट मोबाइलफोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएको छ । कम्पनिले ल्याएको अफर नेपालभर रहेका वर्ल्ड लिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि भएको कम्पनिले जनाकारी दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: