निर्वाचन क्षेत्रमा बाढिको प्रभाव अवलोकन गर्दै डा.मिलेन्द्र रिजाल - Sainokhabar

निर्वाचन क्षेत्रमा बाढिको प्रभाव अवलोकन गर्दै डा.मिलेन्द्र रिजाल

साइनो समचारदाता पथरी/ पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद डा. मिलेन्द्र रिजालले मोरङ क्षेत्र नं. २ मा बाढि प्रभावित क्षेत्रको अवलोकन गर्नु भएको छ । निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. २ को डांस, चिसाङ्ग र लोहोन्द्रा नदीले कटान गरेको क्षेत्रमा स्थानीय बासी र जनप्रतिनिधिहरु संग भेटघाट गरि समस्या बुझनु भएको छ । आफ्नो क्षेत्रका जनताको अवस्था बुझ्न आएका रिजालले सधनमा उक्त्त समस्या उठाएर समधान गर्ने पहल गर्ने बताउनु भयो ।



मोरङको क्षेत्र नं. २ मा डाँस खोला र मोरङगेली खोलाले कटान गरी बस्तीमा पानि पसेको थियो । सो क्षेत्रमा कटान हुन नदिन आउने दिनमा खोला बाध्न पहल गर्ने रिजालले बताए । खोलाको पानी बस्तीमा पसे पछि ज्याला दाहिमा काम गरी गजारा चलाउदै आएका मुसहर समुदाय भोकै बस्न बाध्य भएका थिए । एक हप्ता लगातार बर्षा भए पछि वडाध्यक्ष जयबहादुर तामाङले १० केजिका दर्ले ३५ परिवारलाई चामल बितरण गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: