बर्षा पिडितको साहारा बन्दै वडाध्यक्ष तामाङ - Sainokhabar

बर्षा पिडितको साहारा बन्दै वडाध्यक्ष तामाङ

साइनो समचारदाता पथरी/ गत हप्ताबाट परेको अबिरल बर्षाका कारण मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का मुसहर वस्तीमा जोखिममा परेको छ । माटोले लिपेको सानो भुई घर त्यसमा पनि पानि पसेपछी मुसर परिवार रातभरी जाग्रम बस्ने र चिसो भुईमा बस्न बाध्य भएका छन ।


दैनिक रोजगारी गरेर खाने समुदायले पानी परेका कारण काममा जान नपाए पछि भोकभोकै बस्नु परे पछी वडा अध्यक्ष जय वहादुर तामाङले चामल वितरण गरेका छन् । आईतवार वडा नम्वर ६ को वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि तामाङले आफ्नै लगानिमा चामाल वितरण गरिएका हुन । तामाङले निरन्तरको झरी वाट पिडित वनेका मुसरहर समुदायका ३५ घर–परिवारलाई प्रति परिवार १० केजीका दरले चामल वितरण गरेका छन ।
तामाङले गरेको सानो सहयोगवाट वाढीको भुमरीमा परेर ज्याला मजदुरी गर्न वाट वञ्चीत उनिहरुको अनुहारमा मुस्कान छाएको देखिएको थियो । राहत पाएपछि उनिहरुको एउटै आवज थियो “वडा अध्यक्ष हुन त यस्ता” !
पथरीशनिश्चरे नगरको दक्षिणी भेगको ५÷६ वडा वर्षातको समयमा अन्य वडाको भन्दा डुवानमा पर्ने गरेको छ । वर्षेनी जसो नजिकै रहेको बक्राह खोलाको चपेटामा पर्दै आएको यस वडामा वसोवास गर्ने अधिकाश किसान परिवार रहेका छन ।


दैनिक जसो ज्याला मजदुरी गरेर परिवार चलाउदै आएको ऋषिदेव, आदिवासी जनजाती तथा तल्लो आर्थीक स्तर भएका परिवारलाई हातमुख जोड्न गाह्रो भएकाले खानाका लागि चामल बितरण गरेको वडाध्यक्ष तामाङले बताए ।
तामाङले जाडोमा न्यानो सिरक, गर्मिमा म्याट, भातपकाउन सौर्य चुलो र पढ्नका लागि सौर्य बिजुली बितरण गर्दै आएका छन । तामाङले दैबिक बिपत्तीको बेला वडाका बिपन्न बर्गका समुदायमा तत्कालै सहयोग पुर्याउने गरेका छन ।

सम्बन्धित खवर

%d bloggers like this: